देश पोष्ट /काठमाण्डौ । वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस शाखाले आजदेखि पर्सि १८ गतेसम्म फाराम भर्नको लागि आवेदन खुला गरेको छ ।
उच्च अदालत पाटनले आवेदन फाराम भर्न रोक नलगाउन आदेश दिएपछि कोरियाको मानव संशाधन विभागबाट सकारात्मक प्रतिक्रिया आएको भन्दै विभागले गएको साउनमा पानीजहाज क्षेत्रमा भाषा परीक्षा दिएका आवेदकहरुले मात्रै फारम भर्न पाउने निर्णय गरेको हो ।
कोरियामा पानीजहाज निर्माण क्षेत्रमा भाषा परीक्षा दिएर बसेका सबैले आजदेखि उत्पादन क्षेत्रको भाषा परीक्षामा आवेदन दिन पाउने भएका छन् ।
यसअघि उच्च अदालतले रिट निवेदन दिने १८ जनाको हकमा फाराम भर्न आदेश दिएको र ईपीएस शाखाले त्यसैअनुसार १८ जनाको लागि मात्रै आवेदन खुलाएपछि अरु परीक्षार्थीले विरोध गरेपछी आन्दोनका क्रममा ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]