देश पोष्ट /खोटाङ । श्रीमानसँग सम्बन्ध बिच्छेद गरेर माइती घर बस्दै आएकी पवित्रा तामाङको हत्या आरोपमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १२ जालपाका ३३ वर्षीय दीपक श्रेष्ठ र उनकी श्रीमती २५ वर्षीया सिर्जना श्रेष्ठ (राई) पक्राउ परेका छन् ।
गत मङ्सिर–१९ गतेदेखि बेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१० पाथेकास्थित नाखामकी ३६ वर्षीय पवित्रा घरदेखि करिब १५ मिनेट पैदल दूरीमा रहेको गोठमा यही पुस–३ गते शङ्कास्पद अवस्थामा मृत फेला परेकी थिइन् ।
घरबाटै बेपत्ता भएकी पवित्राको खोजीका लागि परिवारले मङ्सिर–२३ गते प्रहरीलाई खबर गरेका थिए । आफन्त तथा प्रहरीले खोजी गर्दा नभेटिएकी पवित्रा १४ दिनपछि गोठमा थुपारिएको पत्करभित्र मृत शव भेटिएको थियो ।
शङ्कास्पद आवस्थामा मृत फेला परेपछि आफन्तले प्रहरीमा जाहेरी दिएसँग अनुसन्धान गर्नेक्रममा आरोपित श्रेष्ठ दम्पतीलाई ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३ बोझेपोखरीबाट पुस–११ गते पक्राउ गरेर पुस–१२ गते जिल्ला ल्याइएको जनाइएको छ । आरोपित श्रेष्ठ दम्पतीलाई पक्राउ परेको आठ दिनपछि हिजो (बुधबार) साँझ प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।
आरोपित श्रेष्ठले पवित्राको गत मङ्सिर–१९ गते राति नै हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोतम खड्काले जानकारी दिनुभएको छ ।
मृतक पवित्राले कानमा लगाएको सुनको रिङ, नाकको सुनकै फुली र पवित्राले प्रयोग गर्दै आएको मोबाइल समेत प्रहरीले बरामद गरेर सार्वजनिक गरेको हो ।
आरोपित दीपकले पवित्राको हत्यामा प्रयोग गरेको रगताम्मे भएको एउटा हम्मर फेला परेको थियो । हम्मर भने परीक्षणका लागि राष्ट्रिय विधि विधान प्रयोगशाला काठमाडौँ पठाइएको प्रनाउ खड्काले जानकारी दिनुभएको छ ।
प्रतिवेदनमा समेत टाउकोमा हम्मर वा कुनै गह्रुङ्गो वस्तु प्रहार गरेर हत्या गरिएको भन्ने देखिएको प्रनाउ खड्काको भनाई रहेको छ । श्रेष्ठ दम्पती लाई कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]