• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / खेलकुद

नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता शुरु

km'6an x:tfGt/0f ug'{x'Fb} gu/ k|d'v e§/fO{ vf]6fª, @@ k'; M g]kf{ :kf]6{; Sna g]kf{ vf]6fªn] cfh -cfOtaf/_b]lv z'? u/]sf] …g]kf{ e'ne'n] cGt/j8f:t/Lo v'nf k'?if km'6an k|ltof]lutfÚsf] bf];|f] ;+:s/0f pb3f6g v]ndf /]k|mLnfO{ an x:tfGt/0f ug'{x'Fb} lbQm]n ?kfsf]6 dem'jfu9L gu/kflnsfsf gu/ k|d'v tLy{/fh e§/fO{ . g]kf{sf] ;+;f/L8fF8fl:yt Snasf] cfkmg} v]nd}bfgdf ;~rfng ul/Psf] k|ltof]lutfdf ;fs]nf ufpFkflnsf–! afFem]Rofg8fF8fnfO{ 6«fOa|]s/df ^–% n] x/fpFb} cfof]hs g]kf{ …PÚn] ljhoL ofqf z'? u/]sf] 5 . t:jL/ M s]bf/ du/÷/f;;
२३ पुष २०८०, सोमबार ०७:१७ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • २८६ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पामा आइतबार देखि आयोजित ‘नेर्पा भुलभुले अन्तरवडास्तरीय खुला पुरुष फुटबल प्रतियोगिता’को दोस्रो संस्करणमा आयोजक नेर्पा ‘ए’ले विजयी यात्रा शुरु गरेको छ ।

    क्लबको आफ्नै खेलमैदानमा सञ्चालन गरिएको प्रतियोगितामा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडालाई ट्राइब्रेकरमा ६–५ ले हराउँदै आयोजक नेर्पा ‘ए’ले विजयी यात्रा शुरु गरेको हो ।

    निर्धारित समयमा दुवै टिम (टोली)बाट गोल नभएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा नेर्पाका गोल रक्षक इन्देश गुरुङ म्यान अफ दि म्याच घोषित हुनुभएको छ । गुरुङले नगद रु एक हजारको साथमा मेडल र प्रमाणपत्र हात पार्नुभएको छ ।

    प्रतियोगिताको दोस्रो खेल आज बिहान दश बजेबाट दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडा र खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीबीच हुने आयोजकले जनाएको छ । पहिलो चरणमा हरेक दिन तीन खेल हुने प्रतियोगिताको तेस्रो खेल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङ र सोही नगरपालिकाको वडा नं. ९ निर्मलीडाँडाबीच मध्यान्न १२ : ३० बजे हुने जनाइएको छ ।

    जिल्लाका विभिन्न १८ वटा वडाका खेलाडी सहभागी प्रतियोगिताको विजेतालाई नगद रु एक लाख ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक नेर्पा स्पोर्टस क्लब नेर्पाका अध्यक्ष शरद राईले जानकारी दिनुभएको छ । प्रतियोगिताका उपविजेता टिमले नगद रु ७५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।

    ‘खेलकुद हाम्रो सान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ सञ्चालन हुने प्रतियोगिताका सेमीफाइनलिस्ट दुईवटा टिम (टोली)ले नगद रु २५/२५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

    प्रतियोगिताका विद्यागत पुरस्कार अन्तरगत सर्व उत्कृष्ट खेलाडीले नगद रु पाँच हजार, बेस्ट कोच (उत्कृष्ट प्रशिक्षक)ले नगद रु दुई हजार ५००, सर्वाधिक गोलकर्ताले नगद रु चार हजार, बेस्ट डिफेन्डरले नगद रु दुई हजार ५००, बेस्ट स्ट्राईकरले नगद रु दुई हजार ५००, बेस्ट मिडफिल्डरले नगद रु दुई हजार ५००, उदयमान खेलाडीले नगद रु दुई हजार ५०० र उत्कृष्ट गोल रक्षकले नगद रु दुई हजार ५०० को साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका सचिव वीरेन गुरुङले जानकारी दिनुभएको छ ।

    अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा)को नियमअनुसार सञ्चालन गरिएको प्रतियोगिता यही पुस–२८ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑