देश पोष्ट /खोटाङ । जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकिय क्षेत्र बराहपोखरीको नाम बाट स्थापित गाउँपालिकाको नाम बाराहापोखरी बनाउने निर्णय भएको छ ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४ को उपदफा ५ बमोजिम गाउँसभाले गाउँपालिकाको नाम फेर्नका लागि प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष सिफारिस गर्ने कानुनी ब्यवस्था बमोजिम गत १४ औं गाउँसभाले बराहपोखरीलाई फेरेर बाराहापोखरी गाउँपालिका नाम राख्ने निर्णय गरेको जानकारी प्राप्त भएको छ ।
स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नाम बिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिका अध्यक्ष शालिकराम बञ्जाराले जानकारी दिनु भएको छ ।
‘स्थानीय तहको नाम वा केन्द्र परिवर्तन गर्न परे सम्वन्धित सभामा तत्काल कायम रहेका सदस्य संख्याको दुई तिहाई बहुमतले पारित गरेको प्रस्ताव कार्यपालिकाले प्रदेश सरकारमार्फत नेपाल सरकारमा पठाउने’ कानुनी व्यवस्था रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]