
देश पोस्ट देश पोष्ट /खोटाङ । ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराई कृत उपन्यास ‘ठाँटीको घाम’ को बिषयमा दिक्तेलमा अन्तरक्रिया सम्पन्न भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगर गितका रचयिता एबं दर्जनौ चर्चित गितकार दिक्तेल–४ खाल्लेको साघुरो क्षितिज बाट उदायर नेपाली साहित्यमा बलियो इटा थप्न सफल लेखक,साहित्यकार,एबं प्रशासक टंक भट्टराईले तेस्रो कृतिका रुपमा ‘ठाँटीको घाम’ नामक उपन्यासलाई चिनारी गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गर्नुभएको बताउनु भयो ।


ताप्लेजुङमै गत असोज–२८ गते विमोचन गरिएको साहित्यकार भट्टराईकृत उपन्यास २४५ पेज लामो ५३ वटा फरकफरक स्वादका विषयवस्तु समेटिएका छन् । लेखक तथा साहित्यकार भट्टराईले आफ्नो पुस्तक ‘ठाँटीको घाम’भित्र ‘रमितेखोलो, गोठाला, झाँक्री पहरो, अधुरो, सिक्किमे पिरती, बजूका कथा, धामीको भर, शिक्षाको झिल्को, अँध्यारो बाटो, लाहुरतिर, चिठीचपेटो, ठाँटी चौतारो, बाँसमा खोपेको मायाँ’ लगायतका खण्डभित्र आफ्नै गाउँठाउँको सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गर्नुभएको छ ।
लेखक तथा साहित्यकार भट्टराईद्धारा लिखित उपन्यासमा गाउँघरको विषयवस्तु र पात्रलाई फूलको मालासरी उनेको पाइएको खोटाङका वरिष्ठ पत्रकार कृष्ण आचार्यले समिक्षा गर्नुभएको छ । सोलुसन ग्राफिक डिजाइन, बागबजार काठमाडौँबाट मुद्रित पुस्तक ‘ठाँटीको घाम’को प्रकाशन रत्न पुस्तक भण्डार, काठमाडौँले गरेको हो ।
राष्ट्रिय वाङ्मय कला प्रतिष्ठान खोटाङका अध्यक्ष विष्णु आभूषणको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख आतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्राध्यापक डा. धनप्रसाद सुवेदीले समालोचना गर्नु भएको थियो ।
नागरिकको सेवासँगै आफ्नो लेखन यात्रालाई निरन्तरता दिइरहनुभएका लेखक तथा साहित्यकार भट्टराईका यसअघि ‘साँझमा पहिलो तारा’–२०६७७ कविता सङ्ग्रह र ‘म पनि बग्दैछु साप्सु’–२०७३७ कथा सङ्ग्रह प्रकाशित छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]