देश पोष्ट /काठमाण्डौ । हुकुमी राणा शासनको विरुद्धमा काम गरेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते आजकै दिन महान शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिइएकोमा सम्झना गरिदैछ ।
माघ १० गतेदेखि शुरु भएको शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना स्वरुप आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्दको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।
१९९७ साल माघ १५ गते आजकै दिन दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकि मृत्युदण्ड दिइएको थियो ।
ज्यानको माया गरेर कायल हुनुभन्दा प्रजातन्त्रका लागि गोली खान तयार भएका शहीदको सम्झनामा शहीद सप्ताको पहिलो दिन १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा तथा दोस्रो दिन अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्मरण कार्यक्रम गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]