• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / प्रबिधि

‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’ को काम ४० प्रतिशत पूरा

२० माघ २०८०, शनिबार ०७:३८ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ४८१ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’ को काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङले जनाएको छ ।

    दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका ८०० घर स्थानीय उपभोक्तालाई खानेपानी उपलब्ध गराउनेगरी शुरु गरिएको आयोजनाको नेपाल सरकार, सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन मन्त्रालय सिंहदरबारको भ्याटसहित रु ३१ करोड १८ लाख ९२ हजार ६५६ लगानीमा डेढ वर्षअघि ‘दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना’को काम ठेकेदारमार्फत शुरु गरिएको हो ।

    सगरमाथ ड्रिलिङ एण्ड कन्ट्रक्शन प्रा.लि.ले निर्माणको काम ठेक्का लिएको दिप्रुङ लिफ्टिङ खानेपानी आयोजनाको काम ४० प्रतिशत पूरा भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको कार्यालय खोटाङका प्रमुख ईन्जिनियर विपुलकुमार लाल दासले जानकारी दिनुभएको छ ।

    वि.सं. २०७९ भदौमा सम्झौता गरिएको दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना वि.सं. २०८१ भदौ–१८ गतेभित्र सम्पन्न गर्नुपर्ने दुई पक्षीय सम्झौतामा उल्लेख छ । दिप्रुङ लिफ्टिङ खानेपानी आयोजना दिक्तेल–गाईघाट सडकखण्डको भण्डारेघाटस्थित सुनकोशी नदीबाट पम्पमार्फत तानिने पानी लिफ्टि गर्दै बतासेमा पु¥याएर वितरण गर्ने योजना रहेको छ ।

    भण्डारेघाटमा तीन लाख लिटरको एउटा ट्याङ्की र फिल्टरिङ (प्रशोधन) गर्ने ठाउँ निर्माणको काम सम्पन्न भएको छ । सुनकोशीको पानी तान्न पाँच ठाउँ लिफ्ट गरिन्छ । साढे तीन किलोमिटरमाथि मुसुरीडाँडामा ७५ र रातमाटामा ३० हजार लिटरको ट्याङ्की निर्माण गरेर त्यसमा जम्मा गरिएको पानी स्थानीय बासिन्दालाई वितरण गर्ने योजना छ ।

    मुसरीडाँडामा वितरण लाइनको तीनवटासँगै मेन लाइनको ट्याङ्की निर्माण गरिसकिएको छ । वितरण लाइनमा छवटा ट्याङ्की निर्माण गर्नुपर्ने सम्झौतामा उल्लेख छ । चारवटा बनिसक्यो । दुईवटा बाँकी छ आगामी वैशाखभित्र सबै ट्याङ्की निर्माण सम्पन्न हुने हुन्छ ।”

    लिफ्टिङ लाइनमा ५० हजार लिटर क्षमताको छवटा ट्याङ्की निर्माण गरिने आयोजना प्रमुख राईले जानकारी दिनुभएको छ । “एउटा बनिसक्यो । एउटा बन्दै छ । बाँकी चारवटा पनि चाँडै सम्पन्न गर्ने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “पाँचवटै मेनलाइनको ट्याङ्की रहने ठाउँमा सुरक्षागार्ड हाउस पनि निर्माण गर्नुपर्नेछ । आयोजना सञ्चालनमा आएपछि त्यहाँ रहने सुरक्षागार्डले रेखदेखको काम गर्छ ।”

    सगरमाथा राष्ट्रिय राजमार्गको भण्डारेघाटस्थित सुनकोशीको पानीलाई १५० एमएमको फलामे पाइपमार्फत लिफ्ट गरेर निकालिने खानेपानी आयोजनाको काममा तीन (समूह) कामदार खटाइएको ठेकेदार कम्पनीले जनाएको छ । लिफ्टिङ लाइनमा बिच्छ्याइने फलामे पाइपको काम सम्पन्न गरेर वितरण लाइनको काम शुरु गरिएको आयोजना प्रमुख सबिन राईले जानकारी दिनुभएको छ ।

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑