• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

दिक्तेलमा सार्वजनिक सुनुवाइ,नगर प्रमुख,उप प्रमुखले कानुन बिपरित घर मर्मत र आवास सुविधा लिएको दाबी ।

२१ माघ २०८०, आईतवार ०८:५२ मा प्रकाशित (2 बर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ९७५ पटक पढिएको
  • देश पोष्ट /खोटाङ । जिल्लाको सदरमुकाममा रहेको ठुलो नगरपालिका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले शनिबार दिक्तेलस्थित हेलिप्याडमा गरेको सार्वजनिक सुनुवाई मा नगर प्रमुख,उप प्रमुखले कानुन बिपरित घर मर्मत र आवास सुविधा लिएको दाबी गरिएको छ ।

    नेकपा एमाले दिक्तेल नगर समितिका अध्यक्ष गोपालचन्द्र आचार्यले नगर प्रमुख तिर्थराज भट्टराईको ब्यक्तिगत घर मर्मतमा नगरको मर्मत सम्भार कोष अन्तर्गत आ.व.०७९/०८० को बजेट बाट रु चार लाख खर्च लिएको साथै उप प्रमुख बिशन राईका लागि स्टाेर शिर्षक दिएर रत्नपार्क स्थीत उप प्रमुख राईको ब्यक्तिगत घरमै  नियम विपरित आवास सुविधाको व्यवस्था गरिएको दावी गर्नुभयो ।

    किरात कोशी मिडियाका सञ्चालक भिम राईको सहजीकरणमा,नगरपालिकाको आर्थीक सहयोगमा सञ्चालित सार्वजनिक सुनुवाई कार्यक्रममा समान्य टोल भेलाको भन्दा कम उपश्थितीमा सहभागी भन्दा दोब्बर संख्याको सरकारी संयन्त्रका बिच कार्यक्रम समापन गरेको छ ।

    वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित जन प्रतिनिधिहरुको जवाफदेहिता,पारदर्शिता र कार्यशैली प्रती चौतर्फी गुनासो आएपछी पहिलो पटक आयोजित सार्वजनिक सुनुवाईमा नागरिकको उपश्थिती नै शुन्य जस्तो भएपछी कार्यक्रम फिक्का भएको थियो ।

    कार्यक्रमका सहभागी तरुण दलका नेता सञ्जयकुमार राईले सर्वसाधारणको उपस्थिति नदेखिएको भन्दै आवाज उठाउनुभयो । “नेपाल प्रहरी, ससस्त्र प्रहरी, वडाध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य, कर्मचारी नहुने हो भने र अलि–अलि बिरोध गर्न पाइन्छ भनेर एमाले र राप्रपाका साथीहरु नआएको भए यहाँ मान्छे हुन्थ्यो ?”, उहाँले भन्नुभयो, “भोट नोट फटाएर, खर्च गरेर, निन्द्रा रात नभनेर तपाईहरुलाई जिताएका हौँ । यो राज्यले गरेको कार्यक्रम हो । तपाईहरुलाई जिस्कने छुट छैन समेत भन्न भ्याउनु भयो ।

    नगर प्रमुख तीर्थराज भट्टराईले नगरको प्रगति विवरण र प्रमुख प्रशासकीय अधिकृत दिनेश राईले आयव्याय प्रस्तुत गरेपछि सवाल जवाफको श्रृङ्खला शुरु भएको थियो । सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी अधिकांशले नगर प्रमुख भट्टराई र उपप्रमुख विशन राईको कार्यशैलिमाथि प्रश्न उठाएका थिए ।

    जवाफदेही वक्ताका रुपमा रहनुभएका वडा नं.–८ दोर्पाचिउरीडाँडाका वडाध्यक्ष लीलाकुमार चौहानलेसमेत वडा कार्यालयको सिफारिसबिनै नगरबाट योजना छनोट, सञ्चालन र फरफारक गर्ने गराउने गरेको, उपप्रमुख राईले कृषकलाई घाँसको बेर्ना वितरण गरेको तर बेर्नावाला कृषकलाई घाँसको बेर्नाको पैसा नदिएको लगायतका १८ बुँदे प्रश्न गर्नुभयो । वडाध्यक्ष चौहानले मर्मत सम्भार कोषबाट नियम विपरित नगर प्रमुख भट्टराईको घर मर्मत गरिएको दाबी गर्नुभएको छ ।

    एमालेका दिक्तेल रुपाकोट मझुवागढी नगर कार्यसमितिका इन्चार्ज कमल ढकालले सार्वजनिक सुनुवाइमा ९० प्रतिशत जनता र १० प्रतिशत उत्तरदाता हुनुपर्नेमा उल्टो भएको भन्दै आलोचना गनुभयो । “नगरमा सुशासन छैन । घोषणा–पत्र कार्यान्वयन गरेको खोई ? आस्थाको आधारमा कर्मचारीमाथि किन विभेद भइरहेको छ ?”, उहाँले भन्नुभयो, “आस्थाकै आधारमा एमाले समर्थकविरुद्ध बेनामे मुद्धा हाल्न लगाउने र दुःख दिने काम किन भइरहेको छ यसका विरुद्ध एमालेले सुक्ष्म अध्ययन गरेर प्रतिबा गर्नुका साथै प्रतिपक्ष दलका हिषावले सकारात्मक ररचनात्मक सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।

    शिक्षक धनीराम राईले नगरबाट बाँदरको समस्या हल गर्ने भरपर्दो उपायको खोजी नभएको गुनासो गर्नुभयो । “बाँदरको समस्या कसरी हल गर्ने भनेर अध्ययन नै भएन । मान्छे मर्नेबेला भइसक्यो । बाँदरभन्दा पहिला मान्छे मर्नु पर्ने हो ? संघीय सरकार समक्ष पहल गरौँ”, उहाँले भन्नुभयो, “नगरमा वास्तविक किसानले अनुदान नपाएको बरु नक्कली किसानले अनुदान लिइरहेको भन्ने गुनासो सुनिइरहेको छ ।”

    नेपाल पत्रकार महासङ्घ शाखा खोटाङका अध्यक्ष दिलीप खत्रीले अघिल्लो कार्यकालमा नगरमा बनेका चिस्यान केन्द्र, आँखा पोखरी, पेन टावर, रेन्बो ट्राउट रेस–वे उपयोगमा ल्याउन नसकेको, अघिल्लो कार्यकालमा भएको भ्रष्टाचारको छानबिनका लागि उपप्रमुखको संयोजकत्वमा गठित समितिले हालसम्म प्रतिवेदन सार्वजनिक गर्न नसकेको भन्दै प्रश्न उठाउनुभयो ।

    एमालेका नेता प्रेम खनालले रु ९०० को पालको बील रु तीन हजार बनाएर अनियमितता भएको सो बारेमा अख्तियारमा उजुरी परेको, कतिपय विषयमा दुःख दिने नियतले अख्तियारमा उजुरी हाल्ने गरिएको, बेनामे मुद्धा हालेर सास्ती दिने काम भइरहेको, विजयखर्कको लिफ्टिङ योजनाको ढिलासुस्तीका विषयमा अनुगमन नभएको आवाज उठाउनुभएको छ ।

    नेता झमप्रसाद आचार्यले दिक्तेलको आचार्य गाउँमा बनेको बसपार्कमा गाडी पठाउने व्यवस्था मिलाउनुको सट्टा उपप्रमुखले उल्टै जग्गा दिने जग्गादातालाई दोष देखाएको भन्दै आक्रोश पोख्नुभयो । डोरनाथ आचार्यले वैदेशिक रोजगार र बसाइँसराइँका कारण गाउँलाई उजाड बन्नबाट जोगाउने नीति तथा कार्यक्रम बारे जिज्ञासा राख्नुभयो ।

    मित्रनाथ खनालले दलित विद्यार्थीलाई उच्च शिक्षा दिलाउन अघिल्लो सरकारको पालामा दिक्तेल बहुमुखी क्याम्पसमा शुरु गरिएको कार्यक्रम कटौती भएको, दिक्तेल बजारमा विद्यार्थीलाई कोठा भाडा र केस काट्ने शुल्कमा छुटको व्यवस्था नगरिएको उल्लेख गर्नुभयो । जीवन ढकालले मध्यपहाडी लोकमार्गका पुल निर्माणमा भइरहेका ढिलासुस्ती बारे नगरको चासो नपुगेको भन्दै कक्षा–९ देखि १२ कक्षासम्म जापानिज र कोरियान भाषा पढाउन सुझाव दिनुभएको छ ।

    उमेशचन्द्र आचार्यले नगरमा अपाङ्गतामैत्री कार्यक्रम नल्याइएको बताउनुभयो । टंकप्रसाद आचार्यले दिक्तेलको आचार्य गाउँमा बस लैजाने प्रयत्न सफल नभएको, व्यवहारिक शिक्षा लागु गर्न नसकेको भन्दै आलोचना गर्नुभयो ।

    दुर्गाप्रसाद घिमिरेले दिक्तेलबजारमा रित्तो ट्याक्टर कुदाउन दिन नहुने सुझाव दिनुभयो । चालक गुरुप्रसाद ढकालले चालकको हकहितको क्षेत्रमा कुनै योजना तथा कार्यक्रम नल्याएको गुनासो गनुभएको छ । कतिपय गुनासो तथा प्रश्न सुझाव पेटिकामार्फत सङ्कलन गरिएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑