देश पोष्ट /काठमाण्डौ । सम्पत्ति शुद्धीकरण मुद्दामा पूर्व सांसद इच्छाराज तामाङलाई तीन वर्ष कैद, एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना हुने फैसला गरेको छ ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका व्यवसायी इच्छाराज तामाङलाई हिजो सजाय निर्धारण गर्दा तीन वर्ष कैद, बिगोबमोजिम एक अर्ब ७२ करोड ४४ लाख ५९ हजार ९७ रुपैयाँ जरिबाना हुने फैसला गरेको हो ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङलाई दोषी ठहर गर्दै फैसला सुनाएको हो ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सिभिल सहकारी संस्थाका पूर्वअध्यक्ष तामाङसहित उनको परिवारका छ जनाविरुद्ध २०७९ साल भदौ १६ गते मुद्दा दायर गरेको थियो ।
सिभिल सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका तामाङलाई यही माघ ७ गते अदालतले दोषी ठहर गर्दै हिजो सजाय निर्धारणका लागि पेशी तोकेको थियो ।
उनकी श्रीमती सृृजना शाक्य तामाङलाई एक वर्ष ६ महिना कैद र एक अर्ब तीन करोड ५४ लाख ४३ हजार चार सय ८७ रुपैयाँ जरिबाना हुने फैसला गरेको छ ।
उक्त मुद्दाका केशवलाल श्रेष्ठको एक वर्ष ६ महिना कैद र २५ करोड ६५ लाख ८६ हजार एक सय २४ रुपैयाँ बिगो तिर्नुपर्ने फैसला गरेको छ ।
अदालतले इच्छाराज तामाङ, सृजना शाक्य तामाङ, केशवलाल श्रेष्ठ, मीना श्रेष्ठ, प्रतीक्षा तामाङ र प्रतिष्ठा तामाङको नाममा रहेको सम्पत्ति जफत हुने फैसला गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]