देश पोष्ट /काठमाण्डौ । नेपाल सरकार श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय,वैदेशिक रोजगार विभागको सिस्टममा आएको समस्याको कारण दैनिक श्रम स्वीकृति नहुने भएको छ ।
फेमिस प्रणालीको सर्भरमा प्राविधिक समस्या आएपछि दैनिक प्रवाह हुने श्रम स्वीकृतिलगायतका सेवा नियमित हुन नसकेको विभागले जनाएको छ ।
समस्या समाधानका लागि प्राविधिक टोलीले काम गरिरहेको विभागले निकालेको सूचनामा उल्लेख छ । फेमिसमा समस्या आउँदा श्रम स्वीकृति लिनेहरू मर्कामा परेका छन् । यसअघि पनि फेमिसमा समस्या आउने गरेको थियो ।
जसले गर्दा श्रम स्वीकृति लिनेहरू वैदेशिक रोजगार कार्यालयसम्मै धाउन बाध्य थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]