
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । सिंगापुर एयरलाइन्सको बोइङ ७७७–३०० इआर विमान मंगलबार दुर्घटनामा परेको सिएनएनले जनाएको छ ।
सिएनएनका अनुसार लन्डनबाट सिंगापुर आइरहेको जहाज दुर्घटना हुँदा एक जना ७३ वर्षीय बेलायती नागरिक को मृत्यु भएको छ भने तीस जना घाइते भएको सिएनएनले उल्लेख गरेको छ ।


जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको बताइएको छ । एयरलाइन्सले भने विमानमा सवार मानिसको संख्याबारे खुलाएको छैन ।
१८ जना घाइते अस्पताल भर्ना भएका छन् भने अरू १२ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर भएको सिएनएनले उल्लेख गरेको छ । त्यस्तै बाँकी यात्रु र चालक दलका सदस्यको स्वास्थ्य परीक्षण भइरहेको एयरलाइन्सले जनाएको छ ।
’टर्बुलेन्स’ का कारण विमानमा गम्भीर गडबडी भएपछि सो विमान स्थानीय समय अनुसार अपराह्न ३ः४५ मा बैंककमा आपतकालीन अवतरण गरिएको थियो ।
जहाजबाट यात्रुहरूको उद्धार गर्न डेढ घन्टा समय लागेको थियो । दुर्घटनाका कारण विमान क्षतिग्रस्त भएको उल्लेख गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]