देश पोष्ट /काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आफ्नो पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ ।
नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले १८ ओभर ४ बलमा ४ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका म्याक्स ओडाउडले नट आउट ५४ रन बनाए । नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरीले अबिनाश बोहराले समान १ विकेट लिए ।
यसअघि अमेरिकाको डालासमा रहेको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर २ बलमा १ सय ६ रन बनाउँदा अल आउट भयो । नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ३५ रनाए ।
यस्तै करण केसीले १७, गुल्सन झाले १४, अनिल साहले ११, कुशल मल्लले ९, कुशल भुर्तेलले ७, आसिफ शेखले ४ र दीपेन्द्रसिंह ऐरीले १ रन जोडे । नेदरल्यान्ड्सका टिम प्रिङ्गेलले र लोगन भान वीकले समान ३ तथा पल भान मीकेरेन र बस दी लीडेले समान २ विकेट लिए ।
अब नेपालले लिग चरणको दोस्रो खेलमा जुन १२ मा श्रीलङ्कासँग, तेस्रो जुन १५ मा दक्षिण अफ्रिका र चौथो तथा अन्तिम खेलमा जुन १७ मा बङ्गलादेशसँग खेल्नेछ ।
यसैबीच समूह ’बी’ मा इङ्ग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल वर्षाका कारण नतिजाविहीन भएको छ । स्कटल्यान्डले १० ओभरमा १ विकेट पनि नगुमाई ९० रन बनाएको अवस्थामा खेल वर्षाका कारण नतिजाविहीन भएको हो ।
नेपाल रहेको समूह ‘डी’ मा दक्षिण अफ्रिका, श्रीलङ्का, नेदरल्यान्डस् र बङ्ग्लादेश रहेका छन् । नवौँ संस्करणको प्रतियोगितामा २० वटा देश सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहमा पाँच टोली छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]