देश पोष्ट /खोटाङ । जिल्लाको जन्तेढुंगा गाउँपालिका स्थीत चिसापानी नमुना मा.वि.मा जन्तेढुङ्गा खेलकुद विकास समितिको आयोजनामा ‘अध्यक्ष कप पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता’ शनिबारबाट सुरु भएको छ ।
प्रतियोगितामा ८ वटा समूहले सहभागताी जनाएको जन्तेढुङ्गा खेलकुद विकास समितिका अध्यक्ष सुमन राईको भनाई रहेको छ ।
प्रतियगितामा प्रथम पुरस्कार दुई लाख नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, दोश्रो पुरस्कार एक लाख पच्चीस हजार नगद सहित ट्रफी मेडल र प्रमाणपत्र, सेमिफाइनल लिष्ट दुवै टिमलाई पचास हजारका दरले पुरस्कार व्यवस्थापन गरिएको जन्तेढुङ्गा खेलकुद विकास समितिका सचिव सुशिल राई (अमित) ले जानकारी दिए ।
अध्यक्ष कप पुरुष अन्तरपालिका स्तरीय भलिबल प्रतियोगितामा प्रत्येक खेलको म्यान अफ द म्याचलाई एकहजार नगद सहित ट्रफी प्रदान गरिनेछ ।
विधागत पुरस्कार अन्तरगत बेस्ट डिफेन्स, वेस्ट सेटर, बेस्ट स्पाइकर, वेस्ट ब्लकर, वेस्ट सर्भर, वेस्ट कोचलाई ट्रफी सहित नगद तीनहजार, वेस्ट प्लेयलाई ट्रफी सहित नगद पाँच हजार प्रदान गरिने छ ।
अन्तरपालिका स्तरीय प्रथम भलिबल प्रतियोगिता बेलवारी नगरपालिका, खोटेहाङ गाउँपालिकाको शिक्षक टिम, आम्चोक गाउँपालिका र आयोजक (ए) दमक नगरपालिका र बराहपोखरी गाउँपालिका र खोटेहाङ गाउँपालिका आयोजक जन्तेढुंगा गाउँपालिकाबीच प्रतिस्पर्दा हुने गरि खेल तालिका तय गरिएको अध्यक्ष राईले बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]