
देश पोस्ट देश पोष्ट /काठमाडौ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि गरेको सिफारिसमा सरकारले पूर्व उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई दक्षिण कोरियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।
त्यस्तै चीनका लागि नेपाली राजदूतमा कृष्णप्रसाद ओली सिफारिस भएका छन् । सरकारले विष्णुपुकार श्रेष्ठलाई फिर्ता बोलाएर ओलीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।


त्यस्तै अमेरिकाको राजदूतमा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे र मलेसियामा डा. नेत्र तिमल्सिना सिफारिस भएको एक मन्त्रीले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले भारतका लागि नेपाली राजदूत रहेका शंकर शर्मालाई भने निरन्तरता दिने निर्णय गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]