
देश पोस्ट देश पोष्ट /काठमाण्डौ । ललितपुरको भैँसेपाटी डेरामा अचेत अवस्थामा भेटिएका गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।
अचेत अवस्थाका तिमिल्सिनालाई परिवारका सदस्य र आफन्तले तत्काल पाटन अस्पताल पु¥याएपनि डाक्टरले मृत घोषणा गरे ।


तिमिल्सिनाको शव अहिले बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा अन्तिम श्रृद्धान्जलीका लागि राखिने सङ्गीतकार चेतन सापकोटाले जानकारी दिनुभयो ।
नेपाली तारा मार्फत सङ्गीत क्षेत्रमा उदाएका सुनसरीका स्थायी बासिन्दा तिमिल्सिना पार्थिव शरिरलाई आजै पशुपति आर्यघाटमा अन्तिम दाह संस्कार गरिने परिवार श्रोतले जनाएको छ ।
बाल्यकालमै आँखाको ज्योति गुमाएका तिमिल्सिनाका ’प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ’, ’तिम्रो हातको सिन्दूर’, ’नमान लाज यसरी’, ’तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ’नआए नि हुन्थ्यो’ लगायतका गीत छन् ।
गायक तिमिल्सिनाको निधनमा सङ्गीतकर्मी, शुभेच्छुक, सर्वसाधारणलगायतले सामाजिक सञ्जालमा अन्तिम श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]