
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । आज मिति ३०–साउन २०८१ बुधवार १४–अगस्ट २०२४ पूर्वको साक्षत माता पाथिभराको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कमजोरीको अनुभूति हुनेछ । समस्या आउला । व्यापारमा सोचेको फाइदा नउठ्न सक्छ । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपर्ला । प्रयत्न गर्दा लाभ उठाउन सकिनेछ । स्वास्थ्यका लागि खानपानमा ध्यान पुर्याउनुहोला । पछिका लागि काम गर्ने समय छ ।


वृष
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
उत्साहजनक रहनेछ । प्रियजनसँग भेटघाट वा सम्पर्क हुनेछ । सत्कार पाइने ग्रहयोग छ । मित्रताको बन्धन कसिलो हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ । उपहार आदिमा खर्च बढ्न सक्छ । खर्चिलो कामतर्फ अग्रसर भइनेछ । भौतिक साधन जोड्ने समय छ । ईर्ष्या गर्नेहरूबाट जोगिएर काम लिनुहोला ।
मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, ह
व्यवहारमा पछि परिएला । चिताएको काममा बाधा पुग्नेछ । अरूका लागि रकम र बुद्धि खर्चनुपर्ला । चिताएको काम पूरा गर्न समय लाग्नेछ । अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन् । भविष्यका लागि सम्भावना खोजी गर्ने समय छ । पदीय जिम्मेवारी हातपार्न सकिनेछ ।
कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
लक्ष्य प्राप्त हुनेछ । फाइदाको स्रोत पहिल्याउन सकिनेछ । अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ । बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । सेवामूलक काम सम्पादन गर्न सकिनेछ । प्रतीक्षा गरिएको नतिजा सबल रहनेछ । गुरुजन र सन्तानको सहयोग लाभदायी बन्नेछ ।
सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
दुविधा उत्पन्न हुने समय रहेकाले हतारमा निर्णय नलिनुहोला । अवसरले पछ्याए पनि चुनौतीहरूसँग जुध्नुपर्नेछ । समय लागे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ । प्रतिष्ठित व्यक्ति र साथीभाइले साथ दिनेछन् । पशुधन र जमिनबाट लाभ हुनेछ । नयाँ योजना थाल्न केही समय लाग्नेछ ।
कन्या
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कामबाट फाइदा उठाउन सकिनेछ । अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दुस्ख पाइनेछ । प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला । अरूका लागि उपयोग भइनेछ । काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ । बिस्तारै लाभ उठाउन सकिनेछ । शत्रु र प्रतिस्पर्धीबाट जोगिएर काम गर्नुहोला ।
तुला
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयको महत्त्व नबुझ्नाले पछि परिनेछ । अध्ययनमा धेरै समय दिन नसकिएला । काम अधुरो रहनेछ । व्यवहारमा शुभचिन्तकहरूको भावना बुझ्ने चेष्टा गर्नुहोला । सोखले खर्च बढाउने हुँदा अर्थ अभाव समेत देखापर्न सक्छ । बोली व्यवहारमा सजग रहनुपर्ला ।
वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चुनौती पनि देखा पर्नेछन् । जीवनशैली व्यस्त रहनेछ । स्वास्थ्य प्रतिकूल बन्न सक्छ । परिस्थिति अनुकूलै देखिए पनि काम बिग्रने डरले सताउनेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मौकामा आलस्य गर्ने प्रवृत्तिले पछि परिनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।
धनु
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
धेरै रकम जुटाउनुपर्ला । अवसरका लागि केही दौडधुप गर्नुपर्नेछ । काममा लगानी बढाउने अवसर प्राप्त हुनेछ । यात्राको प्रक्रिया अघि बढ्न सक्छ । टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ । फसेको रकम उठाउन सकिनेछ । पछिको खर्च घटाउन सकिनेछ ।
मकर
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल(अचल धनको उपयोगबाट मनग्य फाइदा उठाउन सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ ।
कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठामा समस्या पर्न सक्छ । बाध्यताले अलमल्याउन सक्छ । अरूका लागि समय, धन र बुद्धि खर्चनुपर्ला । लगनशीलताले उपलब्धिको स्रोत प्राप्त हुनेछ । काम पूरा नभए पनि लाभ हुनेछ । विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला । पछि फाइदा हुने काम हातलागी हुन सक्छ ।
मीन
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
तारिफयोग्य काम थालनी हुनेछ । धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला । चिताएको काम छिटै सम्पादन हुनेछ । सहयोगीहरूले हिम्मत दिलाउनेछन् । व्यापार–व्यवसाय विस्तार गर्ने समय छ । आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । सामाजिक दायित्व बढ्नेछ । प्रतिष्ठा कमाउने बेला छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]