
देश पोस्ट देश पोष्ट/ काठमाण्डौं । विभिन्न धर्ममा आँफुलाई कर्मदिने,कर्मदाता एउटा साक्षत् भगवानको रुपमा बुवालाई लिने गरिन्छ । जसलाई सम्झन आजको दिन नजिक हुनेले बुवालाई भेटेर मिष्ठान्न भोजन,कपडा लगायत उपहार दिने,टाढा भएकालाई बिभिन्न माध्यमबाट सम्झने र स्वर्गियहरुलाई गंगाजल चढाउने वा श्राद्ध गर्ने परम्परा रहिआएको छ ।
पछिल्लो समय सामाजिक सञ्जालको माध्यमबाट बर्षौ देखी भेट नभएको बुवाको फोटो राखेर एकछिनको लागि बुवाको मुख हेर्ने दिनको शुभकामना प्रदान गर्ने लर्को बढेर गएका बेला जन्मजातै बुवा आमा नदेखेका र मातृ स्नेह र बुवाको अभिभावकत्वको महशुस नै नगरेकाहरुलाई आँशु बगाउने र एक्लो भएको महशुस गर्ने दिन बन्ने गरेको छ ।


ग्लोबलाइजेशन र बढ्दो विज्ञान प्रविधिको प्रयोग संगै पर्देशिनेहरुले एक्लो छोडेर गएका बुवा आमाको मृत्यु भएपछी कामकाज गर्न नभ्याएर बर्षौपछी कामकाज गर्नु र बृद्धआश्रम लगेर छाडेका घटनाहरु सामान्य बन्न थालेको छ ।
रामेछापको खाँडादेबी गाउँपालिका निगालपानी माइत भएकी आज भन्दा ३६ बर्ष अगाडी जन्मिएकी रेनुका मोक्तानको बुवाआमाको अभावको अनुभुतीलाई हामीले बुवाको मुख हेर्ने दिनको अनुभव पस्कीने जमर्को गरेका छौं ।
आफ्नो जन्ममिति एकिन रुपमाा थाहा नभएको,तर आफ्नो सम्झने चेत भएको बेला बुवा आमा दुबै जनाको मृत्यु भइसकेकाले अनुहारको आकृति कस्तो थियो आफुलाई थाहा नभएको तर सबैले बर्षमा एक दिन बुवा,आमाको मुख हेर्ने दिन फोटो राखेर शुभकामना दिँदा धेरै बर्ष अगाडी बुवाको नागरिकता देखेको र उक्त नागरिकतामा भएको श्यामश्वेत फोटो मात्र सम्झदा मनै अमिलो हुने गरेको तितो यथार्थ ओकल्छीन रेनुका ।
बुवाको अभिभावकत्व र आमाको मातृ स्नेह पाउने त सपना पनि देख्न नपाएकी रेनुकाको बुवा आमाको काजकिरिया काका बडिबाले नगरेपछी मावलीले गरेको, र आँफु र दुई दाजुहरु मावलमै केही समय बिताएपछी जीवनको कालो धब्बाहरु शुरू भएको अनुभव छ रेनुका संग ।
गरिवी र अभावको कारण दुई दाजुहरु छिन्न भिन्न भएर अभाव टार्न हिडेपछी दाजुहरुसंग सम्पर्क हुने कुरै भएन तर आफुँ मामाको घरमा बस्दै जाँदा मामाको छोराले मेरो घरमा ढुक्न नबस भतुइ भनेर खुकुरी लिएर काट्न खोजेपछी भागेर ज्यान बचाएको आँखाभरी छचल्किएको आँशु सहित अनुभव सुनाउछिन् ।
दाजुहरु पनि साथमा नभएको,मामाको छोराको आक्रमण बाट बच्न ठुलोममीकोमा बस्न थालेको बस्तुभाउ र कुषि खेतिमा काम गर्दै १२ बर्षको भएपछी गाँउका दिदी बहिनीहरुले काठमाण्डौमा गलैंचा बुनेर पैसा कमाएको र उक्त गलैंचा कारखाना आफ्नै काकाको रहेको थाहा पाएपछी काका गाउँ आएको बेला भागेर काकाको कारखानामा गलैंचा बुन्न थालेपछी जीवन र जोवान फेरिने सपना देखेकी रेनुकाको झनै दुःखका दिनले घेर्न थाल्यो ।
जन्ममिति नै थाहा नपाएकी रेनुकाले जीवनभर नै क ख चिनिनन् तर महिनाको ७०० रुपैया पाउने गरेको पैसाले दशैमा चिनि मसला र केही नयाँ कपडा किनेर ठुलो ममीको घरमा पुग्दा खुसीको सिमा रहेन । तथापी सधैभरी ठुलोममीको घरमा बस्न पनि सम्भव थिएन ।
पुनः काठमाण्डौं फकिएर गलैचा बुन्ने काम गर्न थालेको तर कामको अलवा काका काकीको घरको सर सफाई देखी जुठोेभाँडो जस्तोसुकै बिमारी पर्दापनि नगरी सुखै थिएन,साग तरारी किन्न जाँदा समेत कोही संग बोल्न नहुने बोलेमा बात लगाउने देखी कुटाई समेत खानुपर्ने सास्ती खेप्नु दैनिकी जस्तै बन्न थाल्यो ।
मनमा लाग्ने गर्थ्याे आफ्नो आमा बुवा गुमाएपछी सबैले हेप्ने र आफ्नोपनको महशुस जीवनभर गर्न नपाइदो रहेछ, सुरक्षाको अनुभुती नपाइदो रहेछ,जिवनभर बाँचेर पनि मरिरहनुपर्दो रहेछ, त्यसैले काका संग बस्नु भन्दा कोही संग बिबाह गरेर जिवन काट्नु राम्रो ठानि रहेको बेला एक जना चिनेको दिदीले बिबाह गर्ने प्रस्ताव गर्नुभयो ।
चिठ्ठी,फोन चलाउने सम्भावना पनि थिएन,क ख नै नपढेकोले उक्त सिप पनि थिएन,त्यस्तैमा दिदीले आँफु भन्दा एक बर्ष जेठो केटा संग सुर्यबिनायकको पाण्डु बजारमा भेट गराएपछी जीवनको अर्को अध्यायको शुरु भयो ,केही समयपछी बिबाह भयो ।
जिवनमा अध्याँरै अध्याँरो खेपेको कतै सफलता प्राप्त नगरेको,ठक्कर अनि अभाव खेपेको बिवाहपछी आफ्नोपन र सुखी सन्सारको सपना देखेको केही दिन त ठिकै चल्यो तर ३/४ महिनापछी श्रीमान थांकाको काम गरेर साथीहरु संग झगडा गरेर फर्कने,साथीभाई लाई कोठामै ल्याएर जाँड रक्सी खाने, तास खेल्ने गर्न थालेपछी फेरी अर्को अध्याँरोले छोपेको अनुभुती सुनाउछीन रेनुका ।
१७ बर्षको उमेरमा छोरा जन्मेपछी केही समय त श्रीमानले हेरचाह गर्नुभयो तर सुत्केरीबाट सामान्य अवस्थामा फर्किएपछी श्रीमानले पहिलेको जस्तै केटाहरु केठामा ल्याएर खाने,मात्ने,तास खेल्ने दैनिकी चलाउनुको साथै कोठामा ल्याएका साथीहरु संगै बात लगाएर कुटपिट गर्न थालेपछी कोठाभाडा तिर्ने पैसा नभएर गाँउ गएर बसेको तर गाउँमा भोग्नु दुःख भोग्दा भोग्दै छोरी गर्भमा रहेपछी कालकोठरीको जस्तो जीवन भोग्नु परेको रेनुका भोगाई सुनाउछिन् ।
दुःख भोग्दै बाझ्दै जुध्दै र खेप्दै बस्नुको बिकल्प थिएन,जाने ठाँउ कहीँ कतै थिएन,माइती,मावली कतै दुःख बिसाउने ठाँउ नभएपछी भएको चिजलाई राम्रो बनाउनुको बिकल्प थिएन,त्यसैले फेरी काठमाण्डौं नै फर्किएर नयाँ अध्यायको शुरुवात गर्नु थियो,श्रीमानकाे थाँका लेख्ने सिप थियो,त्यही सिपलाई बेचेर जेनतेन जिबिको गर्नेगरी पुनः सुर्यविनायकमा कोठा खोजेर बस्ने क्रममा श्रीमान बिदेश गए, यता छोरी पनि जन्मिइन।
छोरी जन्मिने बेलामा कोही आफन्त साथ दिने थिएन,आफैले एम्बुलेन्स बोलाएर,अस्पताल गएर बच्चा जन्माएर घर फर्किएको ३ दिन पछी काम गर्न थालेको,श्रीमानेले पैसा नपठाउने,बल्ल बल्ल छोरी बिमारी भएको बेला १० हजार पैसा पठाएको थियो,संघर्ष गर्दै छोरी हुर्काउदै थिएँ,पछी श्रीमान एक्कासी बिदेश बाट झगडा गरेर फर्किनु भयो रुदैँ सुनाउछिन् राम कहानी ।
जसो गरेपनि श्रीमानले साथ नदिएपछी आँफै बिदेशिने निधो गरिन रेनुकाले,बिदेश त जाने तर सुर्यबिनायक भन्दा दाँया,बाँया नचिनेको मानिसले बिदेश जानु ठुलो चुनौती थियो तथापी बाध्यताको अगाडी केही लाग्नेवाला थिएन । श्रीमान संग बिदेश जाने सल्लाह त भयो तर नागरिकता बनाउने देखी राहदानी र मेनपावर सम्म जान सघाउने कोही थिएन रेनुकाको, श्रीमानलाइ अनुनय बिनय गर्दापनि तँ आफै गर भन्ने गरेपछी सोधीखोजी गर्दै,नागरिकता,राहदानी बनाउने र मेनपावर खोजी गर्दै कुबेत सम्म पुगेर केही पैसा कमाएर श्रीमान र परिवारको अभाव त टारिन तर रेनुकाको दुःख ज्युका त्यु नै रह्यो । बिदेश बसिन्जेल कमाएर भएभरकाे पैसा पठाएको आफुँ खाली हात आँउदा श्रीमान बोल्नै छाड्यो ।
आँफु बिदेशमा हुदाँ पनि पैसा चाहिएको बेला फकाउने माग्ने पठाएपछी ब्लाक लिष्टमा राखेर बोलचाल बन्द हुने गर्थ्याे,नेपाल आएपछी समस्या समाधान होला भनेको बोलचालै बन्द भयो,जे भएपनि श्रीमानको खुसीको लागि जे भनेपनि मान्ने भनेर सासु ससुराको सुझाव मान्दै श्रीमानले भने अनुसारको काम गर्दा पनि नभएपछी पुनः अर्थिक अभावले सताउन थाल्यो ।
केही त गर्नुपर्यो भनेर ऋण पान गरेर होटल खोलेर होटल चलाउँदै थिएँ, त्यतिकैमा जो ग्राहक संग बोलेपनि श्रीमानले बात लगाउने, हल्ला झगडा गर्ने गरेपछी मैले जिवनमा हार खान थाले ,अन्तत श्रीमानले सम्बन्ध बिच्छेदको प्रस्ताव लिएर दिनदिनै मानसिक तनाव दिन थाल्यो र उक्त तनाव खेप्न नसकेर बिना शर्त सम्बन्ध बिच्छेद भयो ।
आजभोली दशैं, तिहार लगायत बुवा आमाको मुख हेर्ने जतिपनि चाडपर्ब आउछ मलाई जहिले एक्लोपना, छटपटी र कालोदिनको महशुस हुन्छ । उनै मैले नदेखेको मेरो स्वर्गिय बुबाको नागरिकतामा हेरेको श्यामश्वेत फोटोको याद आउछ । सायद मेरो बुवा आमा भएको भए मेरो जाने ठाउँ र रुने बेदना पाेख्ने ठाउँ हुन्थ्यो होला, मैले कहाँ जाउँ ? कस्लाई सुनाउ ? मैले कस्को मुख हेरौं ? म कसरी बाँचाै ? यही चिन्ताले सधै सताइरहन्छ ।।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]