
देश पोस्ट देश पोष्ट /काठमाडौं । ७४ औं मुक्ति दिवसको अवसरमा २००७ सालका क्रान्तिका नायक रामप्रसाद राईको स्मृतिमा स्थापित प्रतिष्ठान द्धारा बिचार गोष्ठी तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा आज आयोजित कार्यक्रममा प्रमुख अतिथी सत्तारुढ नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले विभिन्न आन्दोलनपछि मुलुकको व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था भने परिवर्तन हुन नसकेको टिप्पणी गर्नुभएको छ ।


रामप्रसाद राई स्मृति प्रतिष्ठानका अध्यक्ष कर्ण घलेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिशिष्ट अतिथीको रुपमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एबं संबिधानसभा सदस्य माननिय बिशाल भट्टराईको उपस्थीति रहेको थियो ।
कार्यक्रममा पुर्ब मन्त्री तथा प्रतिनिधिसभा सदस्य हेमराज राई ले बिचार राख्नुका साथै प्रतिष्ठानका पुर्ब का.बा. अध्यक्ष रामकुमार बान्तावा र प्रा.डा.गोबिन्दमान सिंह कार्कीले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
तीन–तीनवटा ठूला परिवर्तनपश्चात पनि जनतामा देखिएका गुनासालाई सम्बोधन गर्नुपर्ने कुरा ढिला भएको मुलुकको व्यवस्था परिवर्तनसँगै अब जनताको अवस्था परिवर्तनमा ध्यान दिनुपर्ने समेत प्रमुख अतिथी ज्ञावालीको भनाई रहेको छ ।
ज्ञवालीले ७ सालदेखिका क्रान्तिका अभिभाराहरूलाई मुलुकको विकाससँगै जनमुखी कार्यक्रम ल्याएर पुरा गर्न सक्नु पर्ने, २००७ सालको राणाविरुद्धको क्रान्तिमा नेतृत्व गरेका रामप्रसाद राईका अधुरो सपनाहरूलाई साकार पार्दै राष्ट्रिय विभुती घोषणा गर्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।
प्रतिष्ठानका पुर्ब अध्यक्ष एबं सल्लाहकारहरु कृष्णकुमारी राई,पासाङदोर्ची शेर्पा,देवान राई,टंक प्रसाद श्रेष्ठ, वसन्त मुकारुङ लगायतको बाक्लो उपस्थीति रहेको कार्यक्रमका बिच बिभिन्न हिषावले प्रतिष्ठानलाई योगदान पु¥याय बापत दोसल्ला र कदरपत्रले ७ जना बढीलाई सम्मान गरिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]