
देश पोस्ट देश पोष्ट /काठमाडौं । २८ दिन देखी शिक्षक कर्मचारीको विभिन्न माग राखेर सडक आन्दोलनमाा निस्किएको नेपाल शिक्षक महासंघ र सरकार बिचको वार्ता सहमती जुट्दै गएको जानकारी प्राप्त भएको छ ।
सहमतिलाई अन्तिम रुप दिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरकार र महासंघबीच वार्ता भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।


सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तलगर्नु भएको छ । महासंघको तर्फबाट अध्यक्ष लक्ष्मिकिशोर सुवेदी सहितको टोली छ । शिक्षकको सेवा सुविधाको विषयमा मन्त्रिपरिषद्ले निर्णय गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार रहेको शिक्षक महासंघले जनाएको छ ।
शिक्षामन्त्री रघुजी पन्त पनि वार्ताको माध्यमबाट समाधान खोज्न लागिपरेका छन् । हिजो बसेको मन्त्रिपरिषद बैठकले शिक्षामन्त्री रघुजी पन्त लाई महासंघ संग वार्ता गर्न जिम्मेवारी दिएपछी वार्ताको प्रयास सकारात्मक बनेकाले आज भोलि नै सहमति हुने सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताउनु भएको छ ।
सरकारसँग वार्तामा बस्नुअघि महासंघको पनि बैठक बसेको थियो । सरकरले गर्ने निर्णय गरेमा र ऐन जारी गर्ने सुनिश्चितता गरेमा आन्दोलनको मोडालिटी परिवर्तन गर्न महासंघ तयार भएको छ ।
वार्तामा बस्नुअघि महासंघ सहअध्यक्ष नानुमाया पराजुलीले भनेकी थिइन्, ’मन्त्रिपरिषद् र मन्त्रालयबाट हुने निर्णय निसर्त होस् । ऐन जारी गर्ने डेटलाइन तोकियोस् । हामी आन्दोलनको मोडालिटी परिवर्तन गर्छौं वार्तामा बस्नुअघि महासंघ सहअध्यक्ष नानुमाया पराजुलीको भनाई रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]