
देश पोस्ट देश पोष्ट /जापान । जापानको मियागी प्रिफेक्चरको सेन्दाइ शहरस्थित ताइहाकु क्षेत्रमा राती करिब ९ः४० बजेको समयमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएको आरोपमा एक नेपाली पक्राउ परेका छन् ।
मे ३१ तारिखको राती सवारी साधनको सिग्नलमा रोकिएको गाडीमा पछाडिबाट ठक्कर दिएपछी प्रहरीले नियन्त्रणमा लिएको उक्त नेपालीले मापसे गरेको प्रहरीले जनाएको छ ।


प्रहरीका अनुसार ठक्कर दिने सवारी चालक ४४ वर्षीय नेपाली नागरिक हुन्, जो सेन्दाइमा एक रेस्टुरेन्ट सञ्चालन गर्दै आएका थिए ।
मियागी प्रिफेक्चर प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको प्रहरीले श्वास परीक्षण गर्दा ति व्यक्तिको शरीरमा कानूनी मापदण्डभन्दा बढी मादक पदार्थको मात्रा पाइएको र उनले आफैँले मादक पदार्थ सेवन गरेको स्वीकार गरेको जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]