
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) की अध्यक्ष मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताउनुभएको बीबीसीले जनाएको छ ।
स्विट्जरल्यान्डको जेनेभामा रहेको आईसीआरसी मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा स्पोलजारिकले मानवता असफल भइरहेको बताउनुभयो । युद्ध अन्त्य गर्न, प्यालेस्टिनीहरूको पीडा अन्त्य गर्न र इजरायली बन्धकहरूलाई रिहा गर्न राज्यहरूले पर्याप्त काम नगरेका उहाँको भनाइ छ ।


आईसीआरसी युद्ध क्षेत्रहरूमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था हो । गाजामा यसका झन्डै १ सय ३० जना कर्मचारी छन्, जसमध्ये धेरैजसो प्यालेस्टिनीहरू छन् ।
मंगलबार पनि गाजाको एक सहायता केन्द्र नजिकै इजरायली गोलीबारीबाट कम्तीमा २७ जना प्यालेस्टिनीको ज्यान गएको हमास समर्थित स्थानीय अधिकारीहरूले बताएका छन् ।
इजरायली रक्षा बलले भने ‘तोकिएको पहुँच मार्गहरूबाट विचलित भएर’ आफूतिर सरेका संदिग्धहरूलाई पहिचान गरेपछि आफ्ना सेनाहरूले गोली चलाएको बताएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]