• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

नेपालले कर्मचारीलाई दबाब दिएर पतञ्जलिलाई जग्गा दिलाएको अख्तियारको निश्कर्ष

२४ जेष्ठ २०८२, शुक्रबार १३:५७ मा प्रकाशित (1 वर्ष अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ३२२ पटक पढिएको
  • देश पोष्ट /काठमाण्डौ । पुर्ब प्रधानमन्त्री एबं नेकपा एस का अध्यक्ष माधव नेपालले हदबन्दी छुटको जग्गा दिनै नमिल्ने अवस्थामा मन्त्रिपरिषद्बाट निर्णय गराएर मातहतका मन्त्री तथा कर्मचारीहरूमाथि धम्कीयुक्त दबाब दिएको अख्तियारको निश्कर्ष रहेको छ ।

    १८ करोड ५८ लाख रुपैयाँ बिगो मागदाबी सहित भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसारको सजाय मागदाबी सहित अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि पतञ्जलि जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    अख्तियारले पूर्वप्रधानमन्त्री नेपालमाथि मन्त्रिपरिषद्का सचिव (मुख्यसचिव) माधवकुमार घिमिरेमाथि अनावश्यक दबाब दिएको आरोप समेत लगाएको छ ।

    अख्तियारले काभ्रेको साँगा, महेन्द्रज्योति र चलालगणेशस्थानमा खरिद भएको करिब ५५४ रोपनी जग्गालाई मान्यता दिने नियतले मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको र त्यसलाई स्वीकृत गरेको आरोप लगाएको छ ।

    पतञ्जलि योगपीठले काभ्रेमा खरिद गरेको जग्गा जफत वा सरकारी कायम गर्नुपर्नेमा बिक्री–वितरण र सट्टापट्टा गराउने बदनियत राखेको भन्दै मन्त्रिपरिषद्मा ठाडो प्रस्ताव पेस गर्नुमा पनि पूर्वप्रधानमन्त्री नेपालको बदनियत भनी व्याख्या गरेको छ ।

    पूर्वप्रधानमन्त्री नेपालले प्रस्ताव पेस गर्न पूर्वसचिव छविराज पन्तलाई दबाब दिएको अनि तत्कालीन महानिर्देशक केशरबहादुर बानियाँलाई कारबाहीको धम्की समेत दिएको अख्तियारको आरोप छ ।

    पतञ्जलिको हकहितका लागि मन्त्रिपरिषद्ले २०६२ सालको हदबन्दी छुटसम्बन्धी कार्यनीति स्थगित गरेको र त्यसको एक सातापछि हदबन्दी छुटको निर्णय भएको भन्दै अख्तियारले त्यसलाई बदनियत भनेको छ ।

    अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐनको दफा ३ अनुसारको सजाय मागदाबी गरेको छ । दफा ३ मा १ करोडभन्दा बढी जतिसुकै भ्रष्टाचार गरे पनि ८ देखि १० वर्षसम्म कैद सजाय हुन्छ ।

    अझ संवैधानिक अंग वा राष्ट्रपतिबाट मनोनित हुने व्यक्तिले भ्रष्टाचार गरेमा कूल सजायको थप ३ वर्ष कैद बस्नुपर्ने कानुनी व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑