
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । अमेरिकाले डिपोर्ट गरेका ३७ जना नेपालीहरू चढेको विमान काठमाडौं अवतरण गरेको छ ।
अमेरिकाले आइतबार चार्टर्ड विमानमार्फत काठमाडौं ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेको भनाई रहेको छ ।


प्रवक्ता अञ्जन न्यौपानेका अनुसार ३७ जना नेपालीहरू मध्ये ३२ जना पुरूष र ५ जना महिला रहेको जानकारी प्राप्त भएको छ ।
डिपोर्ट गरिएकाहरूलाई विमानस्थल अध्यागमन कार्यालयले नेपाल प्रहरीको मानव बेचविखन अनुसन्धान ब्युरोलाई जिम्मा लगाउँछ ।
ब्युरोले उनीहरू कसरी अमेरिका पुगका हुन् , दलालबाट ठगिएका पीडितहरू हुन् कि भनेर बुझ्न विमानस्थलमै सामान्य सोधपुछ गरी घर पठाइने गरेकाे जानकारी प्राप्त भएकाे छ ।
डिपोर्ट भएर आएका अधिकांशले बैदेशिक रोजगार ठगीको अजुरी दिन नमानेको बुझिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]