
देश पोस्ट देश पोष्ट /खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको सरस्वती नमुना मा.वि.का कक्षा १ देखी ५ सम्मका १०० जना विखर्थीलाई समाजसेवी गोपाल सैंजुले हिजो एक लाख बराबरकाे ट्रयाकसुट सहित खेलकुद सामग्री वितरण गरेका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल निवासी समाजसेवी शैजुले एक सय जना विद्यार्थीलाई एक सय जोर ट्रयाकसुट, तीन वटा भलिवल, दुई वटा भलिवल जाली, तीनवटा पम्प, तीनवटा फूटबल र २४ वटा निकाप वितरण गरेका हुन् ।


सरस्वती माविमा कक्षा–१ देखि कक्षा–५ सम्म २२५ जना विद्यार्थी अध्ययनरत छन् । बाँकी १२५ जना विद्यार्थीका लागि असारभित्रै ट्रयाकसुट उपलब्ध गराउने सामाजसेवी एवम् पूर्वविद्यार्थी समेत रहेका सैंजुको भनाई रहेको छ ।
खेलकुद सामग्री वितरण कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका वडाध्यक्ष नवराज राई, सरस्वती मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष इन्दिरा वस्नेत, शिक्षक अभिभावक संघका अध्यक्ष बलराम दाहाल, प्रधानाध्यापक शिवहरी ढकाल लगायतको उपस्थिति रहेको थियो ।
शैजुले यस अघिपनि सरस्वती आधारभुत विद्यालय पोखरी दिक्तेलका विद्यार्थीहरुलाई ट्रयाकसुट झोला एबं खेलकुद सामग्री प्रदान गरेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]