
देश पोस्ट देश पोष्ट /जापान । जापानको राजधानी टोकियो बाहिर रोजगारी सिर्जना गर्न सन् २०२७ को आर्थिक वर्षसम्म १० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य अनुरुप टोकियोबाट व्यवसायको मुख्य कार्यालय स्थानान्तरण गर्ने घोषणा गरेको छ ।
यो लक्ष्य प्रधानमन्त्री शिगेरु इसिबाको प्रमुख नीति अन्तर्गत तयार गरिएको १० वर्षे आधारभूत अवधारणामा समावेश गरिएको छ, जसलाई एक सरकारी टास्क फोर्सले पारित गरेको हो ।


सरकारको उद्देश्य टोकियोमा अत्यधिक जनघनत्व र व्यवसायको केन्द्रीकरणलाई कम गर्नुका साथै ग्रामीण क्षेत्रमा तीव्र हुँदै गइरहेका श्रम अभावको समस्यालाई समाधान गर्नु, देशव्यापी आर्थिक वृद्धि सुनिश्चित गर्नु र दिगो समाजको परिकल्पना साकार पार्नु हो ।
उक्त अवधारणामा टोकियोबाट मानिसहरू बाहिर जान प्रेरित गर्ने, क्षेत्रीय क्षेत्रमा रोजगारीको अवसर बढाउने, व्यवसाय स्थानान्तरण र मुख्यालय कार्यसम्पादन सुदृढ बनाउने उपायहरू समावेश छन् ।
यस कार्यक्रमको उपयोगको विश्लेषण गर्दै त्यसको सुधारसमेत गरिनेछ।सरकारी कार्यालयहरू टोकियोबाट अन्यत्र सार्ने विषयमा पनि सरकारले केही उदाहरणहरू (जस्तैः विभागगत स्थानान्तरण) प्रस्तुत गर्नेछ र स्थानीय सरकारहरूबाट सुझाव माग्नेछ ।
सरकारले वर्षको अन्त्यसम्म उक्त आधारभूत अवधारणालाई एक समग्र रणनीतिमा रूपान्तरण गर्ने विशेष उपायहरू तय गर्नेछ भने स्थानीय सरकारहरूलाई आफ्ना रणनीतिहरू पुनरावलोकन गर्न आग्रह गरिने जनाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]