
देश पोस्ट देश पोष्ट /काठमाण्डौ । समाचार लेखेका र भिडियो सामग्री बनाएको आधारमा पत्रकार दिलभुषण पाठकलाई विद्युतिय अपराध ऐन अन्तर्गत पक्राउ पुर्जी जारी भएपछी कानुन बिपरित धरपकड नगर्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारीको इजलासले हिजो पाठकको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै यो आदेश दिएको हो ।


आफूमाथि जारी भएको पक्राउ पुर्जीविरुद्ध पाठकले हिजो उच्च अदालत पाटनमा रिट निवेदन दिनुभएको थियो । यस्तै अदालतले दुवै पक्षलाई अन्तरिम आदेश जारी गर्ने÷नगर्ने विषयमा छलफलका लागि आउँदो बिहीवार बोलाएको छ ।
पाठकले काठमाण्डौको हिल्टन होटल र नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाका छोरा जयवीरसिंहलाई जोडेर भिडियो सामग्री प्रस्तुत गरेपछि उहाँविरुद्ध गएको जेठ २८ गते नेपाल प्रहरीको साइबर ब्युरोले काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]