
देश पोस्ट देश पोष्ट /काठमाण्डौ । संघीय संसदको राज्य ब्यवस्था तथा सुशासन समितिले संघीय संसदमा पेश गरी पारित गरेको निजामती सेवा विधेयकको ’कुलिङ पिरियड’ मा भएको त्रुटिको विषयमा छानबिन गर्नका लागि सात सदस्यीय विशेष संसदीय समिति गठन हुने भएको छ ।
सिंहदरबारमा सभामुख देवराज घिमिरे र विभिन्न दलका नेताहरूबीच आज भएको छलफलपछि कुलिङ पिरियड प्रकरणको छानबिनका लागि विशेष संसदीय समिति गठन गर्ने निर्णय भएको बैठकपछि नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो ।


समितिमा एमाले र नेपाली कांग्रेसको तर्फबाट दुई/दुई जना तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट एक÷एक जना सदस्य रहनेछन् । दलहरूले नाम दिएपछि समिति गठन हुनेछ ।
समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिने सहमति भएको मुख्य सचेतक बर्तौलाको भनाई रहेको छ । समितिको नेतृत्व कांग्रेसले गर्ने सहमति भएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको विधेयकमा दुई वर्षको कुलिङ पिरियड राखेको बताइए पनि घुमाउरो तरिकाले नियुक्ति लिने बाटो खुला गरेको भन्दै सांसदहरूले छानबिनका लागि आग्रह गरेका थिए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]