
देश पोस्ट देश पोष्ट /जापान । जापान सरकारले विदेशी नागरिकहरूसँग सम्बन्धित नीतिहरूलाई समन्वय गर्दै कार्यान्वयन गर्न ‘विदेशी नागरिकसँग शिष्ट सहअस्तित्व प्रवद्र्धन कार्यालय’ ‘कमाण्ड सेन्टर’ स्थापना गरेको छ ।
मङ्गलबार प्रधानमन्त्रीको कार्यलय अन्तर्गत स्थापना गरिएको यो कार्यालयमा न्याय मन्त्रालय, स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालय, राष्ट्रिय प्रहरी एजेन्सी लगायत विभिन्न निकायबाट खटिएका झण्डै ८० जना कर्मचारीहरू कार्यरत हुनेछन् ।


विदेशी कामदार तथा पर्यटकहरूको तीव्र वृद्धि सँगसँगै उत्पन्न हुने अवैध बसोबास, आपराधिक गतिविधि तथा सामाजिक अस्थिरतालाई रोक्नका लागि सरकारले यो एकीकृत संयन्त्रको सुरुवात गरेको हो ।
प्रधानमन्त्री शिगेरु इसिबाले उद्घाटन समारोहमा सम्बोधन गर्दै जापानको आर्थिक वृद्धिका लागि विदेशी स्रोतहरू आवश्यक रहेको बताए। तर उनले थपे, “जापानी जनताले असमानता र असुरक्षाको अनुभूति गर्ने खालका केही घटनाहरू देखिएका छन्। नियम उल्लंघन गर्नेहरूमाथि कडाइ गर्नुपर्छ र वर्तमान परिवेशअनुकूल नभएका नीतिहरू पुनरावलोकन गर्नुपर्छ।”
आप्रवासन नियन्त्रणको कडाइ,सामाजिक बीमा शुल्क नतिर्ने समस्याको समाधान,जमिन खरिद–बिक्रीसम्बन्धी नियमनहरूमा सुधार, केन्द्र र स्थानीय सरकारहरूबीच सूचनाको आदानप्रदानको सुदृढीकरण कार्यहरूमा सक्रिय हुन निर्देशन दिएका छन् ।
मुख्य क्याबिनेट सचिव योशिमासा हायाशीले पत्रकार सम्मेलनमा बताए अनुसार, विदेशी ड्राइभर लाइसेन्सलाई जापानी लाइसेन्समा रूपान्तरण गर्ने प्रणाली र २ विदेशी उद्यमीहरूको लागि “बिजनेस म्यानेजर भिसा” प्रणाली लाई कार्यालयले विशेष कडाइ गर्ने तयारी गरिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]