• अन्तरर्वार्ता
  • साहित्य
  • स्थानीय तह
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • अर्थ खबर
  • बैदेशिक रोजगार
  • खेलकुद
  • पर्यटन
  • फिचर
  • मनाेरञ्जन
  • Desh Post TV
  • मुख्य समाचार
  • राजनीति
  • रोचक
  • विचार/ब्लग
  • समाचार
  • प्रबिधि
  • स्वास्थ्य/शिक्षा
आज:  | Mon, 27, Jul, 2026
  • समाचार
  • अर्थ
  • स्वास्थ्य/शिक्षा
  • प्रबिधि
  • राजनीति
  • खेलकुद
  • विचार
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • रोचक
  • स्थानीय तह
  • बैदेशिक रोजगार
होमपेज / Breaking News

खोटाङमा विद्यालयबाट घर फर्कदैगर्दा कक्षा–८ की छात्रा कक्षा–९ का दुई छात्रबाट बलात्कृत

२४ श्रावण २०८२, शुक्रबार ०५:२९ मा प्रकाशित (11 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट
देश पोस्ट
  • ५६० पटक पढिएको
  • देश पोष्ट /खोटाङ । खोटाङमा विद्यालयबाट घर फर्कदैगर्दा कक्षा–८ की छात्रा कक्षा–९ का दुई छात्रबाट बलात्कृत भएको खबर प्राप्त भएको छ ।

    विद्यालयबाट घर फर्कँदै गरेकी कक्षा–८ मा अध्ययनरत १४ वर्षीया छात्रामाथी सोही विद्यालयको कक्षा–९ मा अध्ययनरत दुई जना छात्र साथीहरुबाट सामुहिक बलात्कार भएको पाइएको हो ।

    विद्यालयबाट घर फर्कने क्रममा तिमीसँग कुरा गर्नुछ भन्दै अघिपछि लागेका कक्षा–९ मा अध्ययनरत दुई जना दाजुहरुले जङ्गलको बीचमा आएपछि बाटो छेकेर रातभरी पालैपालो बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् ।

    “साउन–१९ गते साढे चार बजे विद्यालयबाट म घर फर्कँदै थिएँ । एक जना दाजुले तिमीसँग कुरा गर्नुछ भन्यो । मसँगै पढ्ने साथीहरु आ–आफ्नो घर गइसकेका थिए । म एक्लै भएकाले छिटो–छिटो हिँडिरहेकी थिएँ”, उनी भन्छिन्, “केही बेरमा उनीहरु दुई जना भए । बाटो छेकेर एकछिन हामीसँग बस भन्यो । उनीहरुले अर्को एकजना भाइलाई चटपटे ल्याइमागेका रहेछन् । बसेर चटपटे खायौँ । त्यति खाइसकेपछि बाटो नजिकै रहेको ओढारमा लग्यो । उनीहरुले मलाई बोल्न दिइएनन् । त्यसपछि ममाथि पालैपालो बलात्कार सुरु भयो । दुई पटकसम्म गरेको थाहा छ । त्यसपछि के–के गरे मलाई थाहा छैन । बिहान ब्यूँझिदा एक्लै थिएँ ।”

    विद्यालय गएकी बालिका साथीहरुबाटै बलात्कृत भएको जानकारी पाएपछि आफन्तले साउन–२० गते जिल्ला प्रहरी कार्यालय खोटाङमा गएर पीडक भनिएकाहरुमाथि कानूनी कारबाहीको माग गर्दै किटानी जाहेरी दर्ता गराएको पाएको छ । अध्ययनका लागि विद्यालय गएर घर फर्कँदै गरेकी बालिकालाई दुई जनाले बाटो छेकेर सामुहिकरुपमा बलात्कार गरेको पुष्टि भएपछि दोषीमाथि कानूनी कारबाहीको माग गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराइएको बलात्कृत बालिकाका आफन्तले बताएका छन् ।

    विद्यालय गएकी बहिनी बेलुका अबेरसम्म घर नफर्किएपछि खोजि गर्दा भोलिपल्ट बिहान ५ः३० बजे घरभन्दा करिब ५०० मिटर टाढा पर्ने राम्चेभीरस्थित ओढारमा झोक्राइरहेको अवस्थामा फेला पारिएको पीडित बालिकाको दाजुले बताएका छन् । “साउन–१९ गते बिहान पढ्नका लागि विद्यालय गएकी बहिनी अबेरसम्म घर आइनन् । रातभर खोजि ग¥यौँ । फेला परिनन्”, उहाँले भन्नुभयो, “ओढारभित्र एक्लै झोक्राएको अवस्थामा फेला परेकी बहिनीलाई सोध्दा आफूमाथि त्यही विद्यालयमा पढ्ने दुई जना छात्रले बलात्कार गरेको बताएकी छन् । नाबालक बहिनीमाथि जबरजस्ती बलात्कार गर्नेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ भनेर प्रहरीमा किटानी जाहेरी दिएका हौँ ।”

    बालिका बलात्कृत भएको उजुरी कार्यालयमा परेलगत्तै सोही राति (साउन–२० गते) बालिकाको स्वास्थ्य परीक्षण गराएर साउन–२१ गते दुई जनाबिरुद्ध किटानी जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका निमित्त प्रमुख प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिनुभएको छ । “जिल्ला अस्पताल खोटाङमा लगेर स्वास्थ्य परीक्षण गराउँदा बालिका बलात्कृत भएको भन्ने प्रतिवेदन प्राप्त भएको छ । सामुहिकरुपमा बलात्कृत भएको भनिएकी बालिकाको अवस्था अहिले सामान्य बन्दै गएको छ”, उहाँले भन्नुभयो, “बालिकाको आफन्तले दिएको किटानी जाहेरीको आधारमा सोही विद्यालयका दुई जना छात्रबिरुद्ध मुद्धा दर्ता गरेका छौँ । आरोपितहरु अहिले फरार छन् । मुद्धा दर्ता गरेलगत्तै साउन–२१ गते जिल्ला अदालत खोटाङबाट पक्राउ पुर्जी लिएर उनीहरुको खोजि कार्य सुरु गरिएको छ ।”

    आरोपितबिरुद्ध मुद्धा दर्ता र अदालतबाट पक्राउ पुर्जी लिएपछि बलात्कृत बालिकालाई साउन–२२ गते आफन्तको जिम्मा लगाएर घर पठाइएको प्रहरीले जनाएको छ । विद्यालय पोशाकमै बलात्कृत भएकी बालिकाले लगाएको पोशाकसमेत प्रमाणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङमा ल्याएर प्रहरीलाई बुझाइएको आफन्तले बताएका छन् ।

    प्रहरीमा सामुहिकरुपमा जबरजस्ती करणी गरेको मुद्धा दर्ता गरेपछि आफूहरुमाथि विभिन्न ठाउँबाट मिलापत्र गर्न दबाब आउन थालेको पीडित पक्षले बताएका छन् । विद्यालयले उपलब्ध गराएको जानकारीअनुसार बालिकामाथि सामुहिक बलात्कार गरेको आरोप लागेका राई थरका छात्र १५ वर्षका र विश्वकर्मा थरका अर्का छात्र १६ वर्षका छन् । यो खबर हलेसी खबर बाट साभार गरिएको हो ।

    प्रतिक्रिया दिनुहोस


    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा भारी वर्षाको सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    पूर्वको पशुपति हलेसी महादेवको दर्शन गरी तपाइको राशिफल हेर्नुहोस् ।

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    आज पहाडी क्षेत्रका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

    आजको विदेशी मुद्राको विनिमयदर हेर्नुहोस् ।

    ढल्यो एउटा खोटाङको शैक्षिक एबं राजनैतिक इतिहाँस । पछिल्लो समय लिएको उहाँको भिडियो सहित

    पुर्व माओबादी नेताहरु जुनसुकै बेलापनि जेल जाने अवस्था आउँछः देव गुरुङ

    ‘संविधानमा संसद् विघटनको व्यवस्था हिजो पनि राखेको थियो, अहिले पनि छ : प्रधानन्यायाधीश

    विद्युतीय शासन के हो ? यसको अवधारण÷सन्दर्भ, उद्देश्यहरु र समस्याहरु ।

    विप्लव समूह र प्रहरीबीच गोली हानाहान

    जुनियर कर्मचारीलाई हाकिम मान्नुपर्ने निजामतीको समस्या ।

    पार्टीले भन्दैमा अध्यादेश फिर्ता हुँदैनः ईश्वर पोखरेल

    अदालतले प्रधानमन्त्री तोक्ने हो भने निर्वाचन किन गर्नुपर्यो ? मन्त्री राई

    समाचार
    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

    सम्बन्धित खबरहरु

    सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

    राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

    दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

    नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

    नीट–यूजी प्रश्नपत्र चुहावट प्रकरणमा अनसनरत वाङचुकले २६ दिनपछि तोडे अनसन

    काभा पुरुष भलिबल नेपाल र श्रीलंका भिड्दै

    सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
    प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
    सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
    कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
    दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
    मोबाईल नं ९८४२९०६६४२
    Email: [email protected]

    सामाजिक संजालतिर

    आबश्यक लिंकहरु

    • Privacy Policy
    • Advertise with us
    • Contact us
    • About us
    2026: Desh Post मा सार्वाधिकार सुरक्षित छ. | Designed by: GOJI Solution
    ↑