
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नेपाली पुरुष राष्ट्रिय ‘ए’ क्रिकेट टोली घोषणा गर्दै अनिल साहलाई कप्तानको जिम्मेवारी दिएको छ ।
राष्ट्रिय सिनियर टोलीको ब्याक अप टोलीको रूपमा रहेको ‘ए’ टोलीको कप्तान अनिलकुमार साहले गर्नेछन् ।


नेपाली ‘ए’ टोलीले आगामी अगस्ट २६ देखि ३ सेम्टेम्बरमा भारतको आसाम स्टेट टोलीसँग पाँच खेलको टी–२० सिरिज खेल्ने क्यानको भनाइ छ ।
ओपनर अनिलको कप्तानी रहेको टोलीमा देव खनाल, अर्जुन घर्ती, सुभ कंसाकार, तृतराज दास, सन्दीप जोरा ब्याटरको रुपमा छन्।
पवन सर्राफ, इशान पाण्डे, आदील अन्सारी, बसिर अहमद र विवेक कुमार यादव अलराउन्डरको रुपमा छन् ।
यस्तै कमलसिंह ऐरी, आकाश चन्द तीव्र गतिको बलर छन् भने युवराज खत्री, शेर मल्ल र सागर ढकाल स्पिनर रुपमा टोलीमा परेक छन् ।
नेपाल ‘ए’ टोली मा अनिल साह (कप्तान), ईशान पाण्डे, पवन सर्राफ, मोहम्मद आदील आलम अन्सारी, अर्जुन घर्ती, देव खनाल, बसिर अहमद, शेर मल्ल, तृत राज दास, सन्दीप जोरा, आकाश चन्द, युवराज खत्री, सुभ कंसाकर, विवेक कुमार यादव, कमल सिंह ऐरी, सागर ढकाल रहेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]