
देश पोस्ट देश पोष्ट /खोटाङ । नेकपा एमालेका प्रभावशाली युवा नेता एबं दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.१४ बुइपाका वडाध्यक्ष दिनेश कुमार राईले पार्टी परित्यागको घोषणा गरेकाछन् ।
२०६४ सालदेखि नेकपा एमालेको संगठित सदस्यता लीएर आफ्नो राजनीतिक यात्रा प्रारम्भ गरेका वडाध्यक्ष राईले राष्ट्रीय युवा संघ नेपाल खोटाङको जिल्ला सदस्य,जिल्ला अध्यक्ष, केन्द्रीय सचिवालय सदस्य, जिल्ला इन्चार्ज, युथफोर्श इन्चार्ज साथै २०७२ छैठौ अधिबेशन बाट नेकपा एमाले जिल्ला कमिटी सदस्य, सातौ जिल्लाबाट पार्टिको जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारी सम्हालेका थिए ।


२०७४ को स्थानीय तह निर्वाचन मा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ बाट वडा अध्यक्ष पदमा निर्वाचित भई पुनः २०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेकै तर्फबाट दोस्रो कार्यकालका लागि भारि मतान्तरले नेकपा एमालेको गढ मानिने बुइपामा निर्वाचित भएका वडाध्यक्ष राईले आज लामो फेसबुक स्टाटस सार्वजनिक गर्दै पार्टी परित्यागको घोषणा गरेकाहुन् ।
वडाध्यक्ष राईले स्टाटसमा अब नयाँ ढंगले जनताको सेवा गर्ने संकल्पका साथ आजको मिति २०८३ ०२ २५ देखि नेकपा एमाले तथा पार्टीको कुनै पनि कमिटी, जनसंगठन र जिम्मेवारीहरूबाट अलग भएको जानकारी गराएकाछन् ।
नेकपा एमाले पार्टि छोड्ने उक्त निर्णय कुनै व्यक्ति, समूहप्रति आग्रह, पूर्वाग्रह वा असन्तुष्टिको परिणाम नभई आफ्नै राजनीतिक सोच, मूल्य, मान्यता र आगामी यात्राको दिशालाई आत्मसात् गर्दै लिइएको निर्णय भएकाले नेकपा एमाले पार्टि सँगको औपचारिक राजनीतिक आबद्धता समाप्त भएको पनि घोषणा गरेकाछन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]