
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । अमेरीका र इरान युद्ध बिरामको सहमती संगै सोमबार देखी नै अन्तराष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपनि नेपाल आयल निगमले इन्धनको भाउ यथावत् राख्ने निर्णय गरेको छ ।
निगम सञ्चालक समितिको बैठकले साबिकको खुद्रा बिक्री मूल्यलाई यथावत् राख्ने निर्णय गरेको हो ।


गएराति निगमले निकालेको विज्ञप्तिअनुसार विभिन्न वर्गका क्षेत्रहरूमा यसअघि तय पेट्रोल र डिजेल/मट्टितेलको भाउ नै कायम रहेको छ ।
जसअन्तर्गत पहिलो वर्गका क्षेत्रहरू (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) मा पेट्रोलको मूल्य प्रतिलिटर २१४.५० रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य २२२.५० रुपैयाँ छ ।
त्यस्तै, दोस्रो वर्गका क्षेत्रहरू (सुर्खेत र दाङ) मा पेट्रोल प्रतिलिटर २१६ रुपैयाँ र डिजेल/मट्टितेल २२४ रुपैयाँमा तथा काठमाण्डौ, पोखरा र दिपायल समेटिएको तेस्रो वर्गका क्षेत्रहरूमा पेट्रोलको मूल्य प्रतिलिटर २१७ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २२५ रुपैयाँ नै यथावत् छ ।
अमेरिका र इरानबीच हिजो युद्धविराम सम्झौता भएसँगै आउँदा दिनमा इन्धनसहित अन्य क्षेत्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषण गरिएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]