
देश पोस्ट देश पोष्ट /काठमाण्डौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेद्वारा हेटौंडामा नवनिर्मित नेपाल बैंक लिमिटेडको अत्याधुनिक भवन उद्घाटन भएको छ ।
नेपालको पहिलो बैंकको रुपमा नेपाल बैंकको आफ्नै गौरवमय इतिहास रहेको र आफ्नै भवनबाट अत्याधुनिक गुणस्तरीय बैंकिङ सेवा प्रवाह गर्न लागेको प्रति माननीय अर्थमन्त्रीले शुभकामना ब्यक्त गर्नुभयो ।


उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले अबको युग डिजिटल बैंकिङको युग भएको कुरालाई आत्मसात् गर्देै बैंकले अत्याधुनिक डिजिटल बैंकिङ तथा सेवा सुविधाहरु मार्फत गाहकवर्गलाई थप प्रभावकारी सेवा प्रवाह गर्न बैंक प्रतिबद्ध रहेको बताउनुभयोे ।
कार्यक्रममा मकवानपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी बसन्तराज अधिकारी, हेटौडा उपमहानगरपालिका प्रमुख (मेयर) श्रीमती मिनाकुमारी लामा,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष श्री प्रमोद सिंह रानाभाट, बैंंकको प्रमुख वित्त अधिकृत दीपेन्द्रराज काफ्ले लगायतको उपस्थिती रहेको थियो ।
नेपालालभर २३१ शाखाहरु, २४६ ए.टि.एम. साथै ६१ एक्सटेन्सन काउन्टर मार्फत करिब २७ लाख ग्राहकहरुलाई वित्तीय सेवा पु¥याइरहेको यो बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरी आधुनिक बैंकिङ प्रविधि मार्फत बंैकिङ सेवा पु¥याई प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।
बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिई दक्ष जनशक्ति मार्फत् नेपालभर बैंकिङ सेवा प्रदान गरिरहेको ,दक्ष व्यवस्थापन, युवा कर्मचारी र आधुनिक प्रविधिको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको प्रमुख सूचना अधिकारी प्रतिभा डंगोलको भनाई रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]