
देश पोस्ट देश पोष्ट /खोटाङ । धनकुटामा आफ्नै छोरा ३० वर्षीय संतोष ठाडा मगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा पाख्रिवास नगरपालिका-९ उत्तरपानी बस्ने बाबू ५४ वर्षीय उपेन्द्र ठाडा मगरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
घरायसी बादबिबादमा उपेन्द्रले संतोषलाई खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हिलेबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]