
देश पोस्ट देश पोष्ट /खोटाङ । प्रेस काउन्सिल नेपालले ‘सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार २०८०’ खोटाङका पत्रकार दमन राईलाई प्रदान गरेको छ ।
नेपाली पत्रकारिताको माध्यमबाट राष्ट्रलाई ठूलो योगदान पुर्याएको उच्च कदर गर्दै प्रेस काउन्सिलले ५४ औँ वार्षिकोत्सवको अवसरमा शनिबार पत्रकार राईलाई रु एक लाख दश हजार राशि सहितको पुरस्कार प्रदान गरको हो ।
करिब दुई दशकदेखि जिल्लामा रहेर पत्रकारितामा क्रियाशील पत्रकार राईलाई राष्ट्रपति रामचन्द्र पौडेलले पुरस्कार हस्तान्तरण गर्नुभएको छ ।
राई नेपाल पत्रकार महासङ्घ खोटाङका निवर्तमान अध्यक्ष तथा नेपाल वाइड डटकमका समाचार सम्पादकसमेत रहनुभएको छ ।
पत्रकार राईले प्राप्त गर्नुभएको यो पुरस्कार अहिलेसम्मकै सबैभन्दा ठूलो राशिको हो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]