देशपाेष्ट/काठमाण्डाैं । विगत डेढ वर्ष देखी फोक्सोका क्यान्सरबाट पीडित कलाकार एवं संगित व्यवसायी देउमान केरुङको सहयोगार्थ काठमाण्डौंको राष्ट्रिय नाच घरमा भव्य साँस्कृतिक कार्यक्रम हुने भएको छ । २०७८ बैशाख २५ गते हुने उक्त कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ५० भन्दा बढि कलाकारहरुले प्रस्तुती दिने छन् ।
जुनतारा सांस्कृतिक सेवा समाजको आयोजनामा हुन लागेको उक्त कार्यक्रम विशुद्व सहयोग संकलनका लागि गर्न लागिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक हाँस्यकलाकार गणेश ईशाराले बताए ।
पाँचथर फालेलुङ गाउँपालिका–३, एकतीन जोरपाटीमा जन्मिएका देउमान केरुङ विगत डेढ बर्षदेखि फोक्सोको क्यान्सरबाट पीडित छन् । यस अघि करिब २० लाख भन्दा बढी खर्च गरेर भारतको राजिव गान्धी अस्पतालमा फोक्सोको सफल शल्यक्रिया गरेका थिए । तर, ६ महिना नबित्दै पुनः समस्या दोहोरिएपछि समस्या आएको हो ।
हाल उनी नेपाल क्यान्सर अस्पताल हरिसिद्विमा नियमित परिक्षण गर्दै आएका छन् । मासिक करिब ७० हजार भन्दा बढीको नियमित औषधी सेवन गर्नु पर्ने भएकोले आर्थिक संकटमा परेकाले आर्थिक संकलनका लागि कार्यक्रम गर्नु परेको ईशाराले बताए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]