Kedar Adhikari
नेपालमा महिला हिंसा : आफ्नैबाट बढी पीडित
Kedar Adhikari
घटना १ जोरपाटीमा बस्ने हरिकला ओझा (नाम परिवर्तन) एक हप्ताअघि न्याय र सुरक्षाको माग गर्दै एउटा संस्थामा आइपुगिन् । हरिकलाको आरोप के थियो भने उनका श्रीमान्ले उनलाई पटक पटक घरेलु हिंसा र बलात्कार गरे । धामी काम गर्ने उनका श्रीमान्ले फुकफाक गर्ने क्रममा अरू महिलालाई पनि यौन हिंसा गर्ने गरेका रहेछन् । पछि कुरा कोट्याउँदै जाँदा एउटा भयानक रहस्योद्घाटन भयो । ओझाका श्रीमानले आफ्ना १२ र १३ वर्षका दुई छोरीलाई समेत पटक पटक बलात्कार गर्ने गरेको खुल्यो । पहिले त सुम्सुमाउने, चुम्नेजस्ता क्रियालाई बाबुले छोरीप्रति देखाएको माया भन्ने भयो ।
















