अखाद्य बस्तु जफत
दिक्तेलबजार अनुगमनका क्रममा अखाद्य बस्तु जफत
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको सदरमुकाम दिक्तेलबजारमा केही दिन अगाडी प्रभाव न्युजद्धारा प्रकाशन, प्रशारण गरिएको समाचार सामग्रीपछी सम्बन्धित सरोकारवाला निकायले हिजो गरेको बजार अनुगमनका क्रममा अखाद्य बस्तु जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय खोटाङका प्रमुख प्रशासकीय अधिकृत हिराधन राईको नेतृत्वमा शुक्रबार बिहान माछा पसलसहित मासु र फलफूल पसल अनुगमन गरेर अस्वस्थकर वस्तुहरु जफत गरिएको हो । अनुगमन गर्दा तीनवटा माछा पसलहरु दर्ता बिना चलिरहेको, विक्रीका लागि राखिएका माछा फोहोर स्थानमा राख्ने गरेको, माछा पसलमै कुखुरा समेत राख्ने गरेको,पसलहरुमा राखिएका माछामा रसायनिक पदार्थ भने नभेटिएको अनुगमन टोलीमा संलग्न डाक्टर निशान
















