निर्वाचन आयोग
राष्ट्रियसभा निर्वाचनका लागि दर्ता भएका दललाई आजै चुनाव चिह्न प्रदान हुने ।
Lokmani Rijal
देश पोष्ट /काठमाडौँ । आउदो माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिह्न प्रदान गर्ने भएको छ । दर्ता भएका १२ दललाई चुनाव चिह्न प्रदान गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । दललाई चुनाव चिह्न प्रदान गरिसकेपछि पुस ४ गते दर्ताको सूची राजपत्रमा प्रकाशनका लागि पठाइने आयोगको कार्यतालिकामा उल्लेख छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार पुस १६ गते चुनावका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना हुने उल्लेख छ । राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक
















