मृत फेला
खोटाङमा सुमो चालक शङ्कास्पद अवस्थामा मृत फेला
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङको रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका सुमो चालक नवराज आचार्यको शव शङ्कास्पद अवस्थामा फेला परेको छ । यात्रुबाहक सुमो ऐसेलुखर्क–काठमाडौँ ओहोरदोहोर गराउँदै आएका ३३ वर्षीय चालक आचार्यको शव बिहीबार बिहान सोही गाउँपालिकाको वडा नं. ३ ऐसेलुखर्क बजारस्थित त्रिभुवन माध्यमिक विद्यालयको गेट (प्रवेशद्धार) नजिकै मृत फेला परेको डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानुराज पाण्डेले जानकारी दिनुभयो। आचार्यको शव वडा कार्यालय जाने बाटोको डिलमुनि खसेर घोप्टो परेको, मुन्टो भाँचिएको, दुई हात दुईवटा काठको मुढोले किचेको अवस्थामा फेला परेको बताइएको छ । आचार्यको साथमा मोबाइल र बेल्टमा बाँधिएको गाडीको चाँबीसमेत भेटिएको छ । चालक
















