मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ ।मोरङको उर्लाबारीमा मोटरसाइकलले ठक्कर दिँदा आइतबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत उर्लाबारी नगरपालिका-४ मा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको प्रदेश १-०२-०४७ प १६४८ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परेर सुनसरीको बराहक्षेत्र नगरपालिका-८ चक्रघट्टीका ५६ वर्षीय लोकबहादुर परियारको मृत्यु भएको छ । यस घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ । हिजाे स्वामीकार्तिक खापर–१ साप्पाटा मुक्तिकोट गाउँकी १४ वर्षीया शुसिला विककाे माटाेकाे ढिस्कोले पुरिएर मृत्यु भएकाे हाे । माटो खन्ने क्रममा ढिस्कोले च्यापिएर उनकाे ज्यान गएको स्थानीयले बताएका छन् ।  


भीरबाट लडेर एक पुरुषको मृत्यु

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । कालिकोटमा भीरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। खाँडाचक्र नगरपालिका–११ बडालकोटका ४१ वर्षीया नवराज शाहीको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। शाही सान्नित्रिवेणि गाउपालिका–२ रकुतर्फ बाख्रा किन्न भनेर जाँदै गर्दा भिर बाट  लडेको बताइएको छ  । शाही सान्नित्रिवेणी गाउँपालिका स्थित ढल्ने भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ। घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।


जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा १को मृत्यु, ३ बिरामी

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । जुम्लामा जडीबुटी मिसाएको खाजा खाँदा एक जनाको मृत्यु भएको छ । तीन जना बिरामी भएका छन् । जुम्ला चन्दननाथ नगरपालिका–८ रोकायाबाडामा खाजा खाने क्रममा बिरामी भएका चार जनामध्ये ३५ वर्षीय दीपक रोकायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको हो । प्रहरीका अनुसार चन्दननाथ–८ का तिल धरालाको घर बनाउने क्रममा खाजा खाँदा बिरामी भइ अस्पताल आएकामध्ये दिपकको ज्यान गएको हो । बिरामी भएका ३८ वर्षीय तिल रोकाया, २८ वर्षीय टङ्क रोकाया, ३० वर्षीय पारष धरालाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आईसीयू कक्षमा उपचार भइरहेको छ

Social News, समाचार  संग सबंधीत छ |

आगलागीमा परेर घाइते भएका राउटे सदस्यको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ। आगलागीमा परेर सिकिस्त घाइते भएका राउटे सदस्य नारायण शाहीको मृत्यु भएको छ । गत पुस १९ गते राति दैलेखको नारायण नगरपालिका – ९ को चुप्रा नजिक जंगलमा बस्दै आएका लोपोन्मुख राउटे बस्तीमा आगलागी हुँदा शाही जलेका थिए । उपचारका लागि काठमाडौं लगिएका शाहीको आगोले जलेको १६ दिनपछि गएराति मृत्यु भएको हो । दैलेख र सुर्खेतमा उपचार सम्भव नभएपछि शाहीलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा भर्ना गरिएको थियो । शरीरको ३० प्रतिशत भाग जलेका शाहीको उपचार सम्भव नहुने भन्दै ट्रमा सेन्टरले घर लैजान भनेको थियो । अस्पतालले बिदा दिएको एक

Social News, समाचार  संग सबंधीत छ |

सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । सिराहामा पानी सोचेर स्पिरिट खाँदा एक छात्राको मृत्यु भएको छ। मिर्चैया नगरपालिका-६ स्थित सगरमाथा उच्च माविमा अध्ययनरत १६ वर्षीया सिर्जनाकुमारी महराको मृत्यु भएको हो। सिराहा नगरपालिका-११ भलुवाही बस्ने धर्मेन्द्रकी छोरी सिर्जनाकुमारीको उपचारको क्रममा शनिबार राति साढे १० बजेकर्जन्हास्थित फुलकुमारी महतो मेमोरियल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।   घटना गत शुक्रबार भएको हो। विद्यालयमा गएकी सिर्जनाकुमारीको पेट दुखेपछि औषधि खान खोजेकी थिइन्। सिटामोल खानेक्रममा पानी सोचेर स्पिरिट खाँदा उनी बिरामी परेकी थिइन्। विद्यार्थीलाई पानी सोचेर शिक्षिकाले नै स्पिरिट दिएको भन्दै मृतकका परिवार,

Social News, समाचार  संग सबंधीत छ |

करेन्ट लागेर  एक मजदुरको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । रुपन्देहीको कञ्चन गाउँपालिका–४, क्षेत्रीटोलमा करेन्ट लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका–१०, गोगापुरका अन्दाजी ५५ वर्षीय घुराहप्रसाद थारुको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार स्थानीय भीमकुमार काउचाको घरको तेस्रो तलाको ढलानका लागि सटरिङ गर्ने क्रममा फलामको छडले विद्युतको हाइटेन्सन तारमा छुँदा करेन्ट लागेको थियो ।    


समाचार
आगलागी

बाक्सिलामा एक घरमा आगलागी हुँदा १५ लाख बराबरको क्षति

बराहापोखरी गाउँपालिका

बराहपोखरीको प्रवर्द्धन  गर्न मंसिर ६ गते साँस्कृतिक महोत्सव आयोजना

बलात्कार

खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ

जिल्ला प्रशासन कार्यालय खोटाङ

खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने

जिल्ला प्रशासन कार्यालय खोटाङ

चाडपर्व आएसँगै खोटाङमा नागरिकता, राहादानी र परिचयपत्र बनाउनेको संख्या बढ्दो