सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय खोटाङको अनुरोध

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले सभ्य एवं सुरक्षित तवरले होली पर्व मनाउन आम सर्वसाधारणलाई अनुरोध गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज एक सन्देश जारी गर्दै होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । कसैको इच्छाविपरीत रङ, लोला मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानूनबमोजिम कारबाही गरिने बताइएको छ । प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना

Breaking News, समाचार  संग सबंधीत छ |

दिक्तेल बजार स्थित बेशक्याम्पमा प्रहरी पोष्ट स्थापना

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ । खोटाङ जिल्लाको दिक्तेल बजार स्थित बेशक्याम्पमा प्रहरी पोष्ट स्थापना गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढि नगरपालिकाको आर्थिक सहयोगमा तथा स्थानियहरुको सहयोगमा प्रहरी पोष्ट स्थापना गरिएको हो। प्रहरी पोष्टका लागि सांसद  सरस्वती बजिमयले जग्गा उपलब्ध गराउनु भएको हो । बढ्दो शहरीकरण र यातायात आवातजावत बढे संगै स्थानीय नागरिकहरुको शान्ति सुरक्षा कायम गर्दै अपराधिक गतिविधिलाई न्यूनीकरण गर्न पोष्ट खडा गरिएको जिल्ला प्रहरि कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मन्जिल मुकारुङले बताउनुभयो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तिर्थराज भट्टराई, उपप्रमुख विशन राई, जिल्ला प्रशासन कार्यालय खोटाङका सहायक प्रमुख जिल्ला

Breaking News, समाचार  संग सबंधीत छ |

महिला अधिकारको क्षेत्रमा योगदान पुर्‍याउने हवल्दार ओली सम्मानित

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार मिरा ओलीलाई नेपाल प्रहरी सेवामा रहि महिला अधिकारको क्षेत्रमा पुर्‍याउनुभएको योगदानलाई उच्च कदर गर्दै सम्मान गरिएको छ । ७४ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस साथै ३१ औ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रमको अवसर पारी जिल्लास्थित महिला अधिकारको क्षेत्रमा कार्यरत सम्पुर्ण संघ संस्थाहरु तर्फ बाट ओलीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको हो । खोटाङ जिल्लामा विगत ४ वर्षदेखि कार्यरत ओलीलाई जिल्ला समन्वय समितिका प्रमुख सन बहादुर राई, प्रदेश १ का प्रदेश सभा सदस्य पि. के. राई, संबिधान

Breaking News, समाचार  संग सबंधीत छ |

जिल्ला प्रहरी कार्यालयद्वारा लैंगिक हिंसा विरुद्धको सचेतनामुलक र्‍याली

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय खोटाङले सचेतनामुलक र्‍याली निकालेको छ । नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म मनाइने अभियानको सन्दर्भ पारेर जिल्ला प्रहरी कार्यालयले शुक्रबार दिक्तेलबजारमा सचेतनामुलक र्‍याली निकालेको हो । जिल्ला प्रहरी कार्यालयको प्रांगणबाट सुरु भएको र्‍याली रत्नपार्क पुगेर पुःन जिल्ला प्रहरी कार्यालयको परिषरमा पुगेर समापन गरिएको थियो । डिएसपी मञ्जिल मुकारुङको संयोकत्वमा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य दुर्गाप्रसाद घिमिरे, प्रशासकीय अधिकृत उपेन्द्र राई, महिला एकता अध्ययन केन्द्रका अध्यक्ष दुर्गाजयन्ती राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का वडाध्यक्ष नवराज राई,

Breaking News, समाचार  संग सबंधीत छ |

जिल्ला प्रहरी कार्यालयमा बालमैत्री कक्ष स्थापना

 Lokmani Rijal

देश पोष्ट खोटाङ। जिल्ला प्रहरी कार्यालय खोटाङमा बालमैत्री कक्ष स्थापना गरिएको छ । ६७ औँ प्रहरी दिवसको अबसरमा सोमबार बालमैत्री कक्षको प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेडाईले उद्घाटन गर्नुभएको हो । बालमैत्री कक्षमा बालबालिकाले अध्ययन गर्ने किताब राखिएको छ । भित्तामा विभिन्न ज्ञान दिने चित्रहरु कोरिएको छ । हिरासत बस्नुपर्ने अवस्थाका बालबालिकालाई समय कटाउन तथा शिक्षामा प्रेरणा जगाउने उद्देश्यले बालमैत्री कक्षको स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो ।  


६७ औं प्रहरी दिवशको अवसरमा रक्तदान कार्यक्रम

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङमा ६७ औं प्रहरी दिवशको अवशरमा जिल्ला  प्रहरी कार्यालय खोटाङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला  प्रहरी कार्यालय खोटाङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा खोटाङको प्राविधिक सहयोगमा बिहिवार रक्तदान कार्यक्रम गरिएको हो । जिल्ला प्रहरी कार्यालयमा  कार्यरत ५ जना प्रहरी कर्मचारी र २ जना सर्वसाधारण गरी ७ जनाले रक्तदान गरेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले जानकारी दिनुभयो । संकलन गरिएको रगत रक्त संचार केन्द्र (ब्लड बैंक) दिक्तेलमा राखिने जनाइएको छ। रक्तदान सबै भन्दा परोपकारी कार्य भएकोले दिवशको अवशरमा जिल्ला

Breaking News, समाचार  संग सबंधीत छ |

खोटाङमा आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङमा आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम गरिएको छ। जिल्ला प्रहरी कार्यालयको आयोजनामा जिल्लाभरका सरोकारवाला पक्षहरुसँग आईतबार दिक्तेलस्थित समिक्षालय हलमा सचेतनामूलक कार्यक्रम गरिएको हो। बिहान जिल्ला प्रशासन कार्यालयको प्राङगणबाट आत्महत्या दर रोकथाम तथा न्यूनिकरण सम्बन्धी विभिन्न प्ले कार्डसहित जनचेतनामूलक अडियो बजाउँदै रत्नपार्कसम्म र्‍याली निकालिएको थियो। पुन: र्‍याली समिक्षालय हलमा पुगेर कार्यक्रममा परिणत भएको थियो। कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता राम बालक रायले जिल्लाको आत्महत्या सम्बन्धी तथ्याङक तथा आत्महत्या न्युनिकरण गर्न गराउन अपनाउनु पर्ने सावधानीहरुको बारेमा प्रस्ट पारेका थिए। जिल्ला अस्पतालका निमित्त

Breaking News  संग सबंधीत छ |

खोटाङको प्रहरी प्रमुखमा मुकारुङ

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । जिल्ला प्रहरी कार्यालय खोटाङले नयाँ प्रहरी प्रमुख पाएको छ । तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक उमेश लम्सालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारजगंज काठमाडौंमा सरूवा भएसँगै प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङले आइतबारदेखि आफ्नो कार्यभार सम्हाल्न थाल्नुभएको हो। यसअघि प्रमुख मुकारुङ नेपाल प्रहरी प्रधान कार्यालय विशेष ब्युरोमा प्रहरी नायव उपरीक्षक कै रूपमा कार्यरत हुनुहुन्थ्यो ।  


समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध