नेकपा बैठक
ओलीको बटमलाइन: प्रचण्डले प्रस्ताव फिर्ता नलिएसम्म पार्टी बैठकमा नजाने
Lokmani Rijal
देशपोष्ट/काठमाण्डौंं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली यथास्थितिमा पार्टी बैठकमा नजाने भएका छन् । उनले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयमा प्रस्तुत गरी स्थायी कमिटीमा बाँडेको राजनीतिक प्रतिवेदन फिर्ता नलिएसम्म बैठकमा नजाने अडान लिएका हुन् । ओलीले हिजो स्थायी कमिटी बैठकमा पत्र लेखेर प्रचण्डको प्रतिवेदनलाई आरोपपत्रको संज्ञा दिएका थिए । त्यसको औचित्यमाथि प्रश्न उठाउँदै उनले निशर्त फिर्ता हुनुपर्ने अडान छाडेका छैनन् । ओलीलाई बैठकमा सहभागी गराउन मध्यमार्गीहरु लागेपनि उनले मानेका छैनन् । प्रचण्डलाई पनि प्रस्ताव फिर्ता गरेर साझा प्रतिवेदन बनाएर जान ओली निकटस्थहरुले आग्रह गरेका
















