लागुऔषध
लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ
Lokmani Rijal
देश पोष्ट /खोटाङ । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर-८ कलकत्ता बजारबाट ४७ दशमलव ८५ ग्राम लागुऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगर बस्ने २६ वर्षीय हिक्मत हमाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौँ, नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुर महेन्द्रनगर र इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले शंका लागी चेकजाँच गर्दा शनिबार साँझ उनको साथबाट उक्त पदार्थ फेला परेपछि पक्राउ गरेको जनाइएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
लागूऔषधसहित धनगढीबाट २ जना पक्राउ
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । धनगढीबाट लागूऔषधसहित प्रहरीले आइतबार साँझ २ जनालाई पक्राउ गरेको छ। आइतबार साँझ धनगढी उपमहानगरपालिका–१२ ‘सी’ गाउँमा सोही गाउँका २६ वर्षीय महेन्द्र खड्का र २४ वर्षीय नरजीत थापालाई लागूऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थाई प्रहरी पोष्ट जुगेडाको टोलीले १ ग्राम २४ मिलिग्राम लागूऔषध र ८ वटा लागूऔषध ओपिडल क्याप्सुलसहित दुबै जनालाई पक्राउ गरिएको हो।
लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ
Lokmani Rijal
देश पोष्ट /खोटाङ । झापाको दमकमा लागुऔषध ब्राउन सुगरसहित ५ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले आइतबार बेलुका साढे ९ बजे उनीहरूलाई दमक नगरपालिका-१ बाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ पर्नेहरूमा दमक-१ निवासी २० वर्षीय शैलेश कुमार मगर,सोही ठाउँका २३ वर्षीय एनोस राई, दमक-२ निवासी २८ वर्षीय मदन बहादुर मगर, सोही ठाउँका २५ वर्षीय हेम श्रेष्ठ र दमक-६ निवासी २० वर्षीय अन्जान मगर रहेका छन् । उनीहरूको साथबाट प्रहरीले ५ ग्राम ब्राउन सुगर फेला पारेको थियो । पक्राउ परेका
















