माधव नेपाल
अपमान सहेर आफ्नै घरमा पनि बस्न सकिदैनः माधव नेपाल
Lokmani Rijal
देशपोष्ट/काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) का वरिष्ठ नेता माधव कुमार नेपालले आँफुले दुःख गरेर बनाएको घर छोडेर हिड्न कसैले नचहाने तर अपमान सहेर कोहि बस्न नसक्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवसको अवसरमा काठमाण्डौंको किर्तिपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले उक्त कुरा बताएका हुन् । कार्यक्रममा नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताए । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उनले भने, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर
















