वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु

 Lokmani Rijal

देश पोष्ट खोटाङ । पर्साको वीरगञ्जमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ । धोबिनी गाउँपालिका–३ घर भएका ३० वर्षीय सैफुल्ला अन्सारी र वीरगञ्ज महानगर–९ रानिघाट घर भएका ६० वर्षीय ध्रुव प्रसाद शाहको करेन्ट लागेर मृत्यु भएको हो । वीरगञ्ज महानगरपालिका–२६ मा घर प्लाष्टर गरिरहेका ३० वर्षीय सैफुल्ला अन्सारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ६० वर्षीय शाहलाई घरको छाना सफा गर्ने क्रममा करेन्ट लागेको हो । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

सप्तरीमा करेन्ट लागेर २ जनाको मृत्यु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । सप्तरीमा बुधबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ। गए राति करेन्ट लागेर कञ्चनपुर नगरपालिका–६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदारको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु ससुरा–बुहारी हुन्। अञ्जली आफ्नै आँगनमा रहेको मोटर जडान गरिएको ट्युबेलमा पानी लिन जाँदा करेन्ट लागेको हो। अचेत भएकी बुहारीलाई छुटाउन गएका सौदानन्दलाई समेत करेन्ट लागेको थियो। दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध