बलात्कार
खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । खोटाङमा नाबालिकालाई बलात्कार गरेको आरोपमा नाबालक पक्राउ परेका छन् । नाताले भतिजि पर्ने ७ वर्षीया नाबालिकालाई जवरजस्ती करणी गरेको आरोपमा १५ वर्षीय काका पक्राउ परेका छन् । रावा बेसीं गाउँपालिकाका ती बालकले बुधबार घरमा कोही नभएको अवस्थामा भतिजिलाई हाडनाता करणी गरेको भनी खवर आएपछि प्रहरीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । नाबालिकाको स्वास्थ्य जाँच तथा उपचारको लागि जिल्ला अस्पतालमा ल्याइएको र नाबालकलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
भोजपुरमा ११ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । भोजपुरमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। बलात्कार गरेको आरोपमा पौवादुङमा गाउँपालिका-२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राई पक्राउ गरेको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्जाङबाट खटिएको टोलीले शनिबार दिउँसो पक्राउ गरेको हो। कात्तिक २२ गते राति बालिकामाथि बलात्कार गरेको उजुरी थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । ललितपुरमा बालिकालाई बलात्कार गरेको आरोपमा २८ वर्षीय युवक पक्राउ परेका छन्। काभ्रे पनौती घर भई ललितपुर महानगरपालिका-२७ बस्ने २८ वर्षीय दीपक लामा पक्राउ परेका हुन्। उनलाई प्रहरी वृत चापागाउँबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो। लामाविरूद्ध बालिकामाथि असोज २० देखि २३ गतेसम्म पटकपटक बलात्कार गरेको भन्ने उजुरी परेको थियो। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । रौतहटमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा युवक पक्राउ परेका छन्। बलात्कार गरेको आरोपमा गुजरा नगरपालिका–५ का नासिर इमामलाई प्रहरीले पक्राउ गरेको हो। गजरा नगरपालिका वडा नं–५ कै हरिहरपुर घर भएकी १५ वर्षीय किशोरीलाई इमामले गुजरा नगरपालिका वडा नं–१ मा रहेको इँटाभट्टामा लगेर बलात्कार गरेको भन्दै पीडित परिवारले प्रहरीमा खबर गरेका थिए। प्रहरीले उनलाई शनिबार नै पक्राउ गरेको छ। आइतबार जिल्ला अदालत गौरबाट सात दिनको म्याद थप गरेर अनुसन्धान आघि बढाएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
जन्तेढुंगामा पाँच वर्षीय बालिका बलात्कृत
Lokmani Rijal
देश पोष्ट/ खोटाङ । खोटाङमा पाँच वर्षीय बालिका बलात्कृत भएकी छन् । जन्तेढुंगा गाउँपालिकाकि एक बालिका शनिबार नजिकै रहेको आफन्तको घरमा खेल्न गएको बेला बलात्कृत भएकी हुन् । बलात्कृत बालिकाको स्वास्थ्य अवस्था नाजुक बनेको छ ।मोबाईलमा अश्लिल भिडियो देखाएर बालिका बलात्कृत गर्ने जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका ट्वाँके माईला भनिने राजु राई ( नागरिकतामा भने नाम दिपक) लाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि भागेर लुकिछिपि बसिरहेको अवस्थामा अभियुक्तलाई शनिबार राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताउनुभयो । बलात्कृत बालिकाको जिल्ला अस्पताल गाईघाटमा उपचार भइरहेको छ ।
















