जिल्ला प्रशासन कार्यालय खोटाङ
खोटाङमा देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न पाईने
Lokmani Rijal
देश पोष्ट /खोटाङ । खोटाङमा देउसी भैलो कार्यक्रम राती १० बजेसम्म मात्रै खेल्न पाईने भएको छ। जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै देउसी भैलो राती १० बजेसम्म मात्रै खेल्न अनुरोध गरेको छ। प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले शुक्रबार जारी गरेको सूचना अनुसार चाडपर्वहरुमा पटका, रकेट जस्ता विस्फोटक र ज्वलनशील पदार्थको प्रयोगले आगलागी हुने धनजनको क्षति हुने तथा मानव स्वास्थ्य र वातावरणमा समेत प्रतिकुल असर पर्ने भएकोले यस्ता वस्तुहरुको ओसारपसार खरिद बिक्री र प्रयोगमा पूर्णतः रोक लगाईएको बताउनुभयो । उज्यालोको पर्व तिहारलाई झिलिमिली बनाउने तथा लक्ष्मी पुजा गर्ने क्रममा झिलिमिली
















