दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका
दिक्तेल रुपाकोट मझुवागढीको ११ औँ नगरसभामा सम्पन्न ,९८ करोड ९४ लाखको वार्षिक बजेट
Lokmani Rijal
देश पोष्ट /खोटाङ । जिल्लाको सदरमुकाममा रहेको ठुलो नगरका रुपमा स्थापित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ११ औँ नगरसभामा सम्पन्न सम्पन्न भएको छ । नगर सभाले आर्थिक वर्ष २०८१/८२ का लागि रु ९८ करोड ९४ लाखको बजेट तथा कार्यक्रम पेस गरेको छ । सोमबार सम्पन्न ११ औँ नगरसभामा उपप्रमुख विशन राईले रु ९८ करोड ९४ लाख ४२ हजार ९९५ बराबरको बजेट तथा कार्यक्रम पेस गर्नुभएको हो । कार्यक्रममा सङ्घीय सशर्त अनुदान अन्तरगत चालुतर्फ अनुमानित रु ४७ करोड ६६ लाख १२ हजार र पुँजीगततर्फ रु चार करोड ७७ लाख ८२ हजार बजेट
















