साकेला गाउँपालिकामा वृक्षरोपण अभियान शुरु

 Lokmani Rijal

देश पोष्ट/ खोटाङ ।साकेला गाउँपालिकालाई वातावरणमैत्री एवम् हरित गाउँपालिका बनाउन वृक्षरोपण अभियान सुरु  गरिएको छ । गाउँपालिकाले शुरु गरेको अभियान अन्तरगत सडक किनारा, कार्यालय परिसर, वडा कार्यालयहरु, स्वास्थ्यसंस्था, विद्यालय, धार्मिकस्थलहरु लगायत सार्वजनिकस्थलमा विभिन्न प्रजातिका मौसम अनुकूल बिरुवा रोप्ने काम धमाधम भइरहेको छ । गाउँपालिकाको अभियान अन्तरगत वडा नं.–२ रतन्छास्थित साकेला पार्क (उद्यान)मा विभिन्न प्रजातिका करिब २०० बिरुवा रोपिएको छ । साकेला थान वरिपरी र साकेला पार्कभित्र पारिजात, अशोक, गुल्मर, कल्की लगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपिएको गाउँपालिकाका पञ्जीकरण शाखा प्रमुख एवम् रतन्छाका वडा सचिव डिएम चाम्लिङले जानकारी दिनुभयो । गाउँपालिकाले

Breaking News  संग सबंधीत छ |

साकेला गाउँपालिकाद्वारा आमा समूहलाई घरायसी मिल प्रदान

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको साकेला गाउँपालिकाले मात्तिमबिर्ताका आमा समूहलाई घरायसी मिल प्रदान गरेको  छ । महिलाहरुको जीवनयापनमा सहजता ल्याउनुका साथै कार्यवोझ घटाउने लक्ष्यका साथ कुटानी पिसानी मिल प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम मार्फत बिनियोजित महिलासँग उपाध्यक्ष कार्यक्रम मार्फत खरिद गरिएको कुटानी पिसानी मिल साकेला गाउँपालिका–५ का आमा समूहलाई बुधबार हस्तान्तरण गरिएको हो । वडा नं. ५ का वडाअध्यक्ष जीवन खत्रीको अध्यक्षता तथा गाउँपालिका प्रमुख रविप्रकाश राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष बिर्सिका राईको विशेष आथित्यतामा कुटानी पिसानी मिलसँगै आमा समूहको

Breaking News, समाचार  संग सबंधीत छ |

साकेला गाउँपालिका : डिजिटल पालिका निर्माणको कार्य शुरु

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । साकेला गाउँपालिकाले सूचना, प्रविधि र सञ्चारको प्रयोगगरी गाउँपालिकालाई प्रविधिमैत्री बनाउँदै सुशासनतर्फ अग्रसर बनाउने उद्देश्यका साथ डिजिटल गाउँपालिका निर्माणको काम शुरु गरेको छ  । डिजिटल पालिका निर्माण गर्ने अभियान अन्तरगत गाउँपालिकाले आफ्नै मोबाइल एपस्समेत सञ्चालनमा ल्याएको छ । उक्त एपस् प्रयोग गर्नका लागि आफ्नो मोबाइलको प्ले स्टोरबाट एपस् डाउनलोड गरी डिजिटल पालिका निर्माण सम्बन्धी गतिविवधि हेर्न र प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ । गाउँपालिकाको हरेक काम कारबाही र गतिविधिलाई विद्युतीय प्रणालीमार्फत सेवाग्राहीलाई बिना झण्झट सुविधा प्रदान गर्ने पालिकाको उद्देश्य रहेको गाउँपालिका प्रमुख रविप्रकाश राईले जानकारी दिनुभयो

Breaking News  संग सबंधीत छ |

साकेला गाउँपालिकाको बजेट ३३ करोड ८८ लाख ८१ हजार

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । साकेला गाउँपालिकाले आगामी आर्थि वर्ष २०८०/०८१ का लागि ३३ करोड ८८ लाख ८१ हजार बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को प्रथामिकतामा पर्यटन प्रवर्द्धन , शिक्षा, स्वास्थ्य र भौतिक पुर्वाधार  रहेको उपाध्यक्ष बृशिखा राईले बताउनुभयो । गाउँपालिकाले आइतबार १३ औं गाउँसभा सम्पन्न गरेको थियो । गाउँपालिकाले घट्दो जनसङ्ख्यालाई सन्तुलनमा राख्न अन्यत्रबाट बसाइँ सरेर आउने प्रत्येक परिवारलाई सम्मान स्वरुप रु पाँच हजार नगद रकम उपलब्ध गराउने नीति अघि सारेको हो । बसाइँसराइलाई न्यूनीकरण गर्नका लागि आधुनिक उपकरणसहितको स्वास्थ्य सेवा, रोजगारी, गुणस्तरीय शिक्षा, सडक सुविधा

मुख्य समाचार, समाचार  संग सबंधीत छ |

साकेला गाउँपालिकाद्वारा ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । साकेला गाउँपालिकाले ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका व्यक्तिको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको छ । गाउँपालिकाले ७० वर्षभन्दा माथिका ४०७   ज्येष्ठ नागरिक र पूर्ण अपाङ्गता भएका २१ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गरिदिएको हो । वडा नं १ बाँझेच्यानडाँडाका १०२ ज्येष्ठ नागरिक र ४ पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं २ रतन्छाका १०३ ज्येष्ठ नागरिक र पाँच पूर्ण अपाङ्गता भएका व्यक्ति, वडा नं ३ खिदिमाका २६ ज्येष्ठ नागरिक र ३ अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य बीमा गरिएको छ । यस्तै वडा नं ४ मात्तिमका ९८ ज्येष्ठ नागरिक र

Breaking News, समाचार  संग सबंधीत छ |

साकेला गाउँपालिकाले नि:शुल्क जग्गा दिने दातालाई गर्‍यो सम्मान

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको साकेला गाउँपालिकाले निशुल्क जग्गा दिने जग्गादाताहरुलाई सम्मान गरेको छ । वडादशै, शुभदिपावली, छठ, क्रिष्मस, साकेला उद्यौलीको अवसर  पारेर शुक्रबार आयोजना गरेको शुभकामना आदान प्रदान तथा जग्गादाता सम्मान कार्यक्रमको अवसरमा १८ जना जग्गादाताहरुलाई सम्मान गरिएको हो । गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि साकेला–४ का काजीबहादुर सुवेदीले १० रोपनी, बलराम राईले ६ रोपनी, भीमबहादुर सुवेदीले ५ रोपनी, राजकुमार सुवेदीले ३ रोपनी र विष्णुकुमारी कटवालले १ रोपनी निशुल्का जग्गा दिएका थिए । उनीहरुलाई गाउँपालिकाले  दोसल्ला र सम्मान पत्रले सम्मान गरेको हो । पालिकाले चण्डेश्वरी आधारभूत विद्यालय बाँझेच्यानडाँडाको नाममा

Breaking News, समाचार  संग सबंधीत छ |

साकेलामा ४८३ जनालाई शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको साकेला गाउँपालिकाले ४८३ अशक्त लाभग्राहीलाई शिबिरमार्फत सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । नेपाल एसबिआई बैंकसँगको सहकार्यमा गाउँपालिकाले वृद्ध अवस्थाका जेष्ठ नागरिक, अशक्त अवस्थाका नागरिक तथा आफै हिँडेर बैंकसम्म पुग्न नसक्ने लाभग्राहीलाई शिबिर सञ्चालन गरेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको हो । दशैंतिहारलाई लक्ष्यित गर्दै गत असोज ४ गते साकेला गाउँपालिका–५ मात्तिमबिर्ताबाट सुरु गरिएको भुक्तानी शिबिर असोज ११ गते साकेला गाउँपालिका–३ खिदिमा पुगेर टुंगिएको छ । पालिकाका सबै वडा–वडा पुगेर सञ्चालन गरिएको भुक्तानी शिबिरबाट सामाजिक सुरक्षाभत्तावापत अशक्त लाभग्राहीलाई ६६ लाख ७२ हजार ३ सय रुपैयाँ वितरण गरिएको

Breaking News, Social News, समाचार  संग सबंधीत छ |

साकेला गाउँपालिकामा सामाजिक सुरक्षा भत्ता वडामै बितरण

 Lokmani Rijal

देश पोष्ट /खोटाङ । खोटाङको साकेला गाउँपालिकाले वडामा सामाजिक सुरक्षा भत्ता बितरण गर्न थालेको छ । साकेला गाउँपालिकाको वडा नं. ५ मात्तिम बिर्ताका लाभग्राहीहरुलाई लक्षित गरि मंगलबार वडा कार्यालमौ सामाजिक सुरक्षा भत्ता बितरण सञ्चालन गरिएको हो । सामाजिक सुरक्षा भत्ता भुक्तानी शिविर कार्यक्रममा ९० जना भन्दा बढी लाभग्राहीहरुले भत्ता रकम बुझेका छन् । नेपाल एसबिआई बैंक साकेला शाखाका प्रबन्धक असिम इङ्नाम तथा गाउँपालिकास्थित सामाजिक सुरक्षा शाखाका कर्मचारीहरुको सहभागितामा शिविर सञ्चालन गरिएको थियो । यो  शिबिरमा असोज ५ गते वडा नम्बर -१ वडा कार्यालय बाझेच्यानडाडाँ- ६ गते चण्डेश्वरी आधारभुत विद्यालयको प्राङ्गण

Social News, समाचार  संग सबंधीत छ |

समाचार
सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

सुनसरीको देवानगञ्जमा विवाद नियन्त्रणमा लिने क्रममा गोली लागी एकको मृत्यु

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

राष्ट्रिय गौरवको ड्रिम आयोजना नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुने

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

दाहाल यज्ञनिधिको ७३ औँ जन्मजयन्तीमा ‘नागार्जुन वाङ्यमय धमाका’

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

नेपाल प्रहरीमा २९ जना इन्स्पेक्टरको भर्ना गरिने

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

देशभर वर्षा र पहिरोका कारण ९ राजमार्ग पूर्ण रूपमा अवरुद्ध